२०८१, ७ बैशाख शुक्रबार

स्थानीय तहको वित्त व्यवस्थापन सफ्टवेयर ‘सुत्र’ नेपाललाई हस्तान्तरण

डबली खबर     असार ९ २०७९ १८:०२

Sub-National Treasury Regulatory Application SuTRA
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – बेलायतले तयार पारेको वित्तीय व्यवस्थापन एप्लिकेसन (सुत्र) नेपाललाई हस्तान्तरण गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच नेपालका लागि बेलायती राजदुत निकोला पोलिटले उक्त सफ्टवेयर महालेखा नियन्त्रक सुमन अर्याललाई हस्तान्तरण गरेका हुन् ।

नेपालका स्थानीय तहको वित्तीय व्यवस्थापनका लागि उक्त सफ्टवेयर बनाएको हो । सुत्र नेपाल सरकारको पहल र बेलायतको आर्थिक सहयोगमा विकास गरिएको हो । यसले सबै स्थानीय तहहरुलाई उनिहरुको सार्वजनिक वित्त व्यवस्थापन गर्न सहयोग पुर्याउने बताईएको छ ।

उक्त सफ्टवेयरका कारण अबदेखि स्थानीय निकायहरुलाई वित्त व्यवस्थापनका लागि झन्झटिलो प्रणालीको अन्त्य भएको छ । हालसम्म स्थानीय तहहरुले कार्यक्रम र गतिविधिहरुको योजना बनाउने, रकम विनियोजन गर्ने, आय व्ययको अभिलेख राख्ने, प्रतिवेदन बुझाउनेलगायतका कार्यहरु एक्सेल पानाहरुमा गर्दै आएका थिए । अब यी सबै कार्यहरु सुत्र सफ्टवेयरमार्फत नै हुनेहुँदा स्थानीय तहहरुलाई सजिलो हुने भएको हो ।

अर्थमन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय र सार्वजनिक तथा वित्तीय उत्तरदायित्व सचिवालयमार्फत राय लिएर सफ्टवेयर निर्माण गर्न लगाएको थियो । यसले वित्तीय तथ्यांकको गुणस्तर सुधारमा सहयोग गर्ने बताईएको छ । महालेखा नियन्त्रण सुमन अर्यालले सुत्रले सार्वजनिक वित्त व्यवस्थापनमा संघीय र स्थानीय सरकरकोृ समय र पैसा दुवै बचत गरेको बताए । यसले संघीय सरकारलाई अनुगमन गर्न पनि सहयोग पुगेको उनको भनाई छ ।

सफ्टवेयर निर्माण गर्ने कार्य २०६४ को पहिलो स्थानीय चुनाव हुँदा सुरु भएको थियो । यसमा हाल १३ मोड्युल र सब मोड्युलहरु छन् । स्थानीय तहलाई यसको प्रयोगका लागि सन २०१९ को मन्त्रिपरिषद बैठकले स्विकृत गरेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top