२०८१, ११ बैशाख मंगलवार

नुवाकोटमा जिसस प्रमुख ठकुरीद्वारा शपथग्रहण, सबै निर्विरोध निर्वाचित

डबली खबर     जेष्ठ २७ २०७९ १६:१९

elected new team members of dcc nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर । जिल्ला समन्वय समिति (जिसस) नुवाकोटका पदाधिकारीले पद तथा गाेपनियता शपथ लिएका छन् । जिल्ला समन्वय समिति नुवाकोटको प्रमुख, उपप्रमुख र सदस्यका पदाधिकारीहरु सबै निर्विराेध निर्वाचित भएकाे हो ।

जिल्ला समन्वय समिति प्रमुखमा रजिन्द्रविक्रमसिंह ठकुरीलाई, उपप्रमुखमा दलबहादुर तामाङलगायत ७ जना सदस्यले शुक्रबार पद तथा गोपनियताको शपथ लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय विदुरमा आयोजित एक समाराेहबीच मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलले जिसस प्रमुख ठकुरीलाई शपथ ग्रहण गराएका हुन् ।

जिसस नुवाकोटको कार्यालयमा पदभार ग्रहण गर्दै प्रमुख ठकुरीले समग्र जिल्लाको विकासको लागि सबै स्थानीय तह, राजनीतिक दल, सरोकारवालाहरुसँग समन्वय गर्ने बताए।

त्यसपछि प्रमुख ठकुरीले उपप्रमुख तामाङलगायत सबै सदस्यलाई शपथ खुवाए । सदस्यहरु राजेन्द्र श्रेष्ठ, रामचन्द्र पौडेल, मोहन पुडासैनी, सम्झना सेढाँई, सन्तोषी देवकोटा, कान्छी सुनवार र धनमाया विकलाई रहेका छन्।

मनोनयन दर्तामा माओवादी केन्द्र र नेपाली काँग्रेसको तर्फबाट साझा उम्मेदवार ठकुरीको नाम मात्र प्रमुखको लागि उम्मेदवारको रुपमा दर्ता भएपछि उनीसहित पुरै प्यानल नै निर्विरोध निर्वाचित भएको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top