२०८१, १२ बैशाख बुधबार

युवा परिषद नुवाकोटको अध्यक्षमा पनेरु, धादिङमा सिंखडा

डबली खबर     जेष्ठ १२ २०७९ १८:०४

uddhav paneru
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – बागमती प्रदेश राष्ट्रिय युवा परिषद युवा समिति नुवाकोटको अध्यक्षमा उद्धव पनेरु नियुक्त भएका छन् ।

प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयकाे मन्त्रीस्तरीय निर्णयबाट युवा परिषद नुवाकोटको अध्यक्ष पदमा नियुक्त भएका हुन् । पनेरु श्रीस्वस्थानी मिडियाका अध्यक्ष एवं एकीकरण अनलाईन पत्रिकाका अध्यक्ष हुन् ।

धादिङ जिल्लाको युवा समितिको अध्यक्षमा सुनिता सिंखडालाई नियुक्त गरिएको छ । सिंखडा खबरसिटी मिडिया प्रा. लि.का अध्यक्ष एवं सम्पादक हुन्।

नवनियुक्त जिल्ला अध्यक्षहरुलाई युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले सपथ ग्रहण गराएका थिए ।

यस्तै, मन्त्रालयले बागमती प्रदेशका अन्य पाँच जिल्लाहरु चितवन, मकवानपुर, दाेलखा, रामेछाप र सिन्धुलीमा पनि अध्यक्ष नियुक्त गरेका छन् ।

परिषद्ले युवाको नेतृत्व विकासदेखि स्वरोजगार बनाउने काम गर्दै आइरहेको छ । हाल नेपालमा कूल जनसङ्ख्याको ४०.३५ प्रतिशत युवाको जनसङ्ख्या रहेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top