२०८१, १२ बैशाख बुधबार

दुर्घटनामा एक बालकसहित तीन जना घाइते

डबली खबर     जेष्ठ १२ २०७९ ११:१७

Bus accident in Devighat nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – देविघाटमा बस र टिप्पर एक आपसमा ठोकिँदा बसमा सवार एक बालकसहित तीन जना घाइते भएका छन् । केरुङ यातायातको बस अनियन्त्रित भई पछाडिबाट टिप्परलाई ठक्कर दिँदा बसमा सवार चारजना घाइते भएको प्रहरी चेकपोस्ट देविघाटले जनाएको छ ।

रसुवाको नौकुण्ठ गाउँपालिकाको पार्चेङबाट काठमाडौँतर्फ जाँदै गरेको बा ४ ख २२५९ नम्बरको बसले बा ४ ख ७७७२ नम्बरको टिप्परलाई पछाडिबाट ठक्कर दिएको प्रहरी प्रमुख रामप्रकाश शाहले जानकारी दिए ।

घाइते हुनेहरुमा रसुवाको नौकुण्ड गाउँपालिका-८ का ३५ वर्षीय धनबहादुर गुरुङ, २७ वर्षीय का दावा मिजार, ९ वर्षीय बालक बुद्ध घले र नुवाकोटको विदुर नगरपालिका-५ का १९ वर्षीय सागर कुमाल रहेको प्रहरीले जनाएको छ । ।

घाइतेहरुमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घाइतेहरुको त्रिशुली अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ ।

बस चालक ककनी गाउँपालिका-६ का शुक्रबहादुर तामाङ र टिप्पर चालक धादिङ जिल्लाको गल्छी गाउँपालिका-८ का सानुकान्छा लुङ्गेली मगरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top