२०८१, १४ बैशाख शुक्रबार

सनराइज् बैंकले ल्यायो साँढे ६ वर्षमा निक्षेप दोब्बर हुने मुद्दती योजना

डबली खबर     बैशाख २३ २०७९ ०८:१५

sunrise double scheme
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – सनराइज् बैंकले ‘सनराइज् डबल मुद्दती’ योजना ल्याएको छ। यो योजनाअन्तर्गत उक्त रकम ७७ महिनामा दोब्बर भएर शत प्रतिशत प्रतिफल प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ।

बचतमा उच्च ब्याजको अपेक्षा राख्ने व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी यो प्रडक्ट ल्याएको बैंकले जनाएको छ। यस मुद्दतीमा ग्राहकहरुले न्यूनतम एक लाख रुपैयाँ जम्मा गरी खाता खोल्न सक्नेछन्।

उच्चतम ब्याजदर प्रदान गरेर निक्षेपको दोब्बर रकम उपतब्ध गराउने यस मुद्दती खातामा योजनाको अन्तरालमा ग्राहकलाई रकम आवश्यक परेमा ९० प्रतिशतसम्म ऋण दिने पनि बैंकले जनाएको छ।

यस्तै, निःशुल्क क्रेडिट कार्डका साथै उपलब्धताका आधारमा लकरको वार्षिक शुल्क समेत मिनाहा हुने जस्ता विशेष सुविधाहरु पनि यस खातामा हुनेछ ।

यसबाहेक बैंकले हरेक बचत खातामा स्वास्थ्य बीमा सुविधा पनि प्रदान गर्दै आएको जनाएको छ। बैंकले नारी बचत खाता भएका महिलाहरुलाई पनि ५ लाख रुपैयाँसम्मको घातक रोग खर्च, १० हजारसम्मको प्रशुति खर्च समेत प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top