२०८१, १३ बैशाख बिहीबार

नि:शुल्क स्वास्थ्य सेवाबाट ५४ जना जेष्ठ नागरिक लाभान्वित

डबली खबर     बैशाख १६ २०७९ १८:४६

free health camp elder people nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – शुक्रबार भएको नि:शुल्क स्वास्थ्य उपचार सेवाबाट ५४ जना जेष्ठ नागरिकले स्वास्थ्य उपचार पाएका छन् ।

त्रिशुली अस्पतालले जेष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७७ अनुसार विशेषज्ञ चिकित्सकसहितको टोलिले देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको आश्रम रहेका जेष्ठ नागरिकको नि:शुल्क स्वास्थ्य उपचार गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर दिपेन्द्र पाण्डे जानकारी दिए ।

प्रतिष्ठानको आश्रम देविघाटमा भएको शिविरमा रक्त परीक्षण अन्तर्गत मधुमेह,क्याल्सियम, यूरिक एसिड, मिर्गौला
र कलेजो फक्सन परीक्षण गरिएको डा. पाण्डेले जानकारी दिए।

स्वास्थ्य परीक्षणपछि चिकित्सकको पुर्जाअनुसार बिरामीलाई नि:शुल्क औषधी वितरण गरिएको थियो।

शिविरमा डा. पाण्डेको नेतृत्वमा डा. उत्सव तिमिल्सिना, गोविन्दबहादुर शाही, श्याम ओझा, अस्मिता ठाकुरलगायतको टोलीबाट स्वास्थ्य सेवा प्रदान गरिएको थियो।

त्रिशूली अस्पताल र देविघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानबीच हरेक महिनाको तेस्रो शुक्रबार ज्येष्ठ नागरिक आश्रममा अस्पतालबाट नि:शूल्क स्वास्थ्य शिविर सञ्चालन संचालन गर्ने सहमति भएको थियो।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top