२०८१, १४ बैशाख शुक्रबार

शिवपुरी सातको भवन उद्घाटन

डबली खबर     चैत्र ११ २०७८ २१:४९

shivapuri ward 7 building inauguration
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – शिवपुरी गाउँपालिका वडा नं. ७ को भवन पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता द्वय डा. रामशरण महत र अर्जुननरसिंह केसीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

साढे दुई तले ६ कोठे एक सभा हल रहेको भवनको उद्घाटन कार्यक्रममा बोल्दै नेता केसीले लोकतन्त्रको जग भनेको नै जनता भएको बताए ।

कार्यक्रममा नेता डा. महतले राजनीतिक दलहरु स्वार्थ भन्दा माथि उठेर जनताको सेवामा लाग्नुपर्ने बताए ।

शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले विकासका दृष्टिले शिवपुरी निकै अगाडी रहेको भन्दै सबै वडामा भवन र पालिकामा सुविधासम्पन्न भवन निर्माण भइसकेकाले यो नै सबैभन्दा ठूलो उपलब्धि भएको बताए ।

वडा भवन निर्माणका लागि विष्णुप्रसाद पन्थले २ रोपनी र चक्रबहादुर पन्थले ८ आना जग्गा दिएका थिए । कार्यक्रममा जग्गादाताहरुलाई सम्मान गरिएको थियो ।

वडा नं. ७ का वडाध्यक्ष माधवप्रसाद भेटुवालले सबैको सहयोगले वडा भवन निर्माण सम्पन्न भएको बताए । करिब ७२ लाख लागतमा निर्माण भएको जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top