२०८१, ११ बैशाख मंगलवार

आगलागी पिडितलाई राहत

डबली खबर     चैत्र ६ २०७८ १८:१४

kakani fire nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – शुक्रबार आगलागीमा परी घर क्षति भएका तीन परिवारलाई राहत प्राप्त भएको छ ।

ककनी गाँउपालिका–३ अचराङमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको प्रहरी प्रमुख उपरीक्षक रामप्रकाश शाहले जानकारी दिए ।

शनिबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल विपद व्यवस्थापन अन्तर्गत राहत स्वरूप प्रति पिडित परिवारलाई १० हजारका दरले नगद प्रदान गरेका छन् ।

ककनी गाउँपालिकाबाट तीन परिवारलाई १४ बोरा चामल, १ बोरा दाल, तेल तथा अन्य खाद्यान्न सामाग्रीहरु वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिए ।

यस्तै, नेपाल रेडक्रस सोसाइटीमार्फत पीडित परिवारलाई १/१ थान टेन्ट ,कम्मल र भाडाँकुडाँ वितरण गरिएको छ ।

घरको बिजुलीको मिटरबाकसबाट अचानक करेन्ट सर्ट भई आगोलागी भएको प्रहरी चौकी कुमरीले जनाएको छ ।

आगलागीबाट मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको थियो । आगलागीबाट घरमा रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा, गरगहना लगायत गरी ५३ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top