२०८१, ११ बैशाख मंगलवार

श्रीकृष्ण माविको भवन हस्तान्तरण

डबली खबर     चैत्र ६ २०७८ १७:४३

building handover to shree krishna secondary school nuwakot tarkeshwor rural municipality
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – श्रीकृष्ण माध्यामिक विद्यालयको ६१ औँ वार्षिकोत्सवको अवसरमा भवन हस्तान्तरण गरिएको छ । आइतबार एक कार्यक्रमकाबीच विद्यालयको वार्षिकोत्सवको अवसरमा नवनिर्मित दुई ओटा १८ काेठे भवन हस्तान्तरण गरिएको हो ।

तारकेश्वर गाउँपालिका वडा नम्बर २ स्थित रहेको उक्त विद्यालयको संघिय सांसद नारायणप्रसाद खतिवडाले भवन हस्तान्तरण पश्चात उद्घाटन गरेका हुन् ।

एशियाली विकास बैंकको सहयोगमा निर्माण सम्पन्न भएको नवनिर्वित भवनको कूल लागत ६ करोड ४७ लाख ५७ हजार ७७३ रुपैयाँ रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष त्रिलाेचन सिग्देलले जानकारी दिए ।

१२ कोठे र ६ कोठे दुई भवनको निर्माण कम्पनी केसी समानान्तर जेभीले गरेको हो । उक्त भवनको लागत अवधि २ वर्ष रहेको थियो ।

उक्त विद्यालयमा ५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

हस्तान्तरण कार्यक्रममा विद्यालयलाई सहयाेग गर्ने दाताहरूलाई सम्मान गरिएकाे छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top