+
Search

ताजा अपडेट +

पपुलर +

लाेकतान्त्रिक राष्ट्रिय अपाङ्गमा डिल्लीरमन

dnopd nuwakot
डबली खबर
४ साल अगाडी

विदुर । नेकपा एमालेकाे भातृ संगठन लाेकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपालकाे अध्यक्षमा डिल्लीरमण सिग्देल चयन भएका छन् ।

शुक्रबार नेकपा एमालेकाे केन्द्रीय सदस्य विन्दा ढुङ्गानाको प्रमुख आतिथ्यमा भएको प्रथम जिल्ला अधिवेशनबाट सिग्देलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

संगठनको उपाध्यक्षमा मनाेहरिसा थापामगर, सचिवमा नरेन्द्र तमाङ थिङ, उपसचिव रामप्रसाद धमला चयन भएका छन् ।

सदस्यहरुमा यमबहादुर ढुङ्गाना, नारायण चालिसे, बैकुण्ठ पाण्डे, मनमाया गुरूङ र सुमन श्रेष्ठ रहेका छन् ।

अपाङ्गता भएका व्यक्तिहरुको हक, हित, अधिकार र नेपाली समाजको अग्रगामी आमूल परिवर्तनका लागि सचेत गर्न संगठित संगठन गठन गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ