२०८१, २३ बैशाख आईतवार

लाेकतान्त्रिक राष्ट्रिय अपाङ्गमा डिल्लीरमन

डबली खबर     फाल्गुन २० २०७८ १८:००

dnopd nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर । नेकपा एमालेकाे भातृ संगठन लाेकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपालकाे अध्यक्षमा डिल्लीरमण सिग्देल चयन भएका छन् ।

शुक्रबार नेकपा एमालेकाे केन्द्रीय सदस्य विन्दा ढुङ्गानाको प्रमुख आतिथ्यमा भएको प्रथम जिल्ला अधिवेशनबाट सिग्देलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

संगठनको उपाध्यक्षमा मनाेहरिसा थापामगर, सचिवमा नरेन्द्र तमाङ थिङ, उपसचिव रामप्रसाद धमला चयन भएका छन् ।

सदस्यहरुमा यमबहादुर ढुङ्गाना, नारायण चालिसे, बैकुण्ठ पाण्डे, मनमाया गुरूङ र सुमन श्रेष्ठ रहेका छन् ।

अपाङ्गता भएका व्यक्तिहरुको हक, हित, अधिकार र नेपाली समाजको अग्रगामी आमूल परिवर्तनका लागि सचेत गर्न संगठित संगठन गठन गरिएको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top