२०७९, २३ श्रावण सोमबार

विदुर कल्याणकारी सहकारीको सम्पत्ती ८२ लाख नाघ्यो

डबली खबर     पुष ३० २०७८ १७:५७

bidur kalyanakari multipurpose cooperative
Diyo Pathshala Montessori

नुवाकोट – विदुर कल्याणकारी बहुमुखी सहकारी संस्थाको सम्पत्ति ८२ लाख ५८ हजार ६७४ पुगेको छ ।

शुक्रबार भएको सहकारीको २४औं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनका अनुसार सहकारीको शेयर पूँजी ५५ लाख ६० हजार २०० रुपैया रहेको छ । गत आर्थिकवर्ष २०७७/७८ ४ लाख ४५ हजार १०० फरकमा शेयर पुँजी वृद्धि भएको छ । सहकारीमा ९२ शेयरसदस्य रहेकोमा चालुआर्थिक वर्षमा १५० शेयर सदस्य पुर्याउने लक्ष्य रहेको छ ।

सहकारीको ऋण लगानी ८१ लाख ११ हजार ४८५ रुपैया रुपैंयाँ पुगेको छ । सहकारीले २३ लाख १२ हजार ५२५ रुपैंयाँ निक्षेप संकलन गरेको छ । जगेडा कोष तथा कोषमा २१ हजार ८७८ रुपैंयाँ रहेको छ । सहकारीले गत वर्ष ८७ हजार ५१२ रुपैंयाँ मुनाफा आर्जन गरेको छ ।

साधारणसभाको उद्घाटन समारोहमा जिल्ला सहकारी संघका अध्यक्ष गोकर्णनाथ न्यौपानेको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा सहकारीका अध्यक्ष अमित गजुरेल, कोषध्यक्ष बसन्त रिजाल र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक टेकबहादुर अधिकारीले आआफ्नो प्रगति विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहकारीले उत्कृष्ट बचतकर्तामा भगवती डंगोल र उत्कृष्ट ऋणीमा राजेन्द्र पौडेललाई नगदसहित सम्मानपत्रले सम्मान गरेको छ ।

सहकारीले चालुआर्थिक वर्ष २०७८/७९ मा संस्थाको विनियममा रही सदस्य हितकोषको व्यवस्था गरि शेयर सदस्य दुर्घटना बीमा २५ हजार रुपैंयाँ व्यवस्था गर्ने कार्यविधि पारित गरेको छ ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top