+
Search

ताजा अपडेट +

पपुलर +

क्यान इन्फोटेक स्थगित

can info tech 2021
डबली खबर
४ साल अगाडी

काठमाडौं – कोभिड १९ का कारण क्यान इन्फोटेक स्थगित भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधि प्रदर्शनी तथा आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले सन् १९९५ देखि वर्षेनि आयोजना हुँदै आएको क्यान इन्फोटेक स्थगित भएकाे हाे ।

यसअघि क्यान इन्फोटेकको २७ औं संस्करण २०७८ साल वैशाख २८ गतेदेखि जेठ २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने तय भएको थियो । तर, कोभिड १९ को दोश्रो लहर काठमाडौं उपत्यकालगायत देशका प्रमुख शहरहरुमा फैलिएसँगै क्यानले हालका लागि क्यान इन्फोटेक मेला स्थगित गर्ने निर्णय गरेको हो ।

महासंघका अनुसार क्यान इन्फोटेक २०२१ का प्रायोजक, प्रदर्शनीकर्ता, सहयोगी तथा सरोकारवालासँगको परामर्शपछि यो निर्णय लिइएको हो ।

महासंघको आइतबार बसेको केन्द्रीय कार्यसमिति बैंठकले अर्को निर्णय नभए सम्मको लागि हाललाई स्थगित गर्ने निर्णय गरेकाे हाे ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ