२०८०, २४ जेष्ठ बुधबार

सार्वजनिकस्थलमा २५ जना भन्दा बढी भेला हुन रोक

डबली खबर     पुष २७ २०७८ ११:३६

corona update use mask
Diyo Pathshala Montessori

नुवाकोट – कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेको अवस्थालाई मध्यनजर गर्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुनबाट रोक्ने निर्णय गरेको छ । मन्त्रीस्तरीय निर्णय गर्दै सार्वजनिक स्थलमा भीड हुने कार्यक्रम गर्नमा गृह मन्त्रालयले रोक लगाएको हो । 

गृह मन्त्रालयले मातहतका सुरक्षा निकाय र प्रशासन कार्यालयलाई सो निर्णय कार्यान्वयन गर्नका लागि निर्देशन पनि दिएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले हिजो गरेको निर्णयलाई गृहले कार्यान्वयनमा लगेको हो । 

यस्तै, सार्वजनिक स्थान र कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य कोरोना विरुद्धको खोप लगाएको कार्ड वा कार्डको फोटोको आधारमा मात्रै प्रवेशको व्यवस्था गर्न पनि सुरक्षा निकाय र तथा प्रशासनलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । 

यस्तै, माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्नका लागि खोप कार्ड अनिवार्य गर्न पनि निर्देशन गृह मन्त्रालयले दिएको छ । 

यसैबीच, गृह मन्त्रालयले सार्वजनिक स्थलमा हुने सबै प्रकारका भेलाहरुमा प्रतिबन्ध लगाउन पनि मातहतलाई पत्राचार गरेको छ । राजनीतिकसँगै प्रशासनिक, सामाजिक कुनै पनि प्रकारका कार्यक्रम नगर्न गृहले पत्राचार गरेको हो ।  

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top