२०८०, २४ जेष्ठ बुधबार

निरन्तर सहकारीको शेयर पुँजी ४२ लाख २८ हजार

डबली खबर     पुष १९ २०७८ ११:५७

nirantar cooperative
Diyo Pathshala Montessori

नुवाकोट – निरन्तर बचत तथा ऋण सहकरी संस्था लि. को नवौँ साधारणसभा सम्पन्न भएको छ । विदुर नगरपालिका वडा नं. १ त्रिशूलीमा रहेको सहकारीले विभिन्न नीति, कार्यक्रम र बजेट पारित गर्दै नवौँ साधारणसभा सम्पन्न गरेको हो ।

साधारणसभाका प्रमुख अतिथि विदुर नगरपालिका वडा नं. १ का अध्यक्ष लेनिन रञ्जितले सहकारीको माध्यमबाट आर्थिक पहुँच विस्तार भएको र लगानीको क्षेत्र फराकिलो बनाएको बताए ।

कार्यक्रममा सहकारीका अध्यक्ष सतानन्द रिजाल, सचिव लेखनाथ पौडेल, कोषाध्यक्ष देबेन्द्रप्रसाद घिमिरे र लेखा समिति संयोजक दिवाकरराज शाक्यले आआफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा असल ऋणीमा विदुर नपा-९ डिहीबजारका सुनकुमार श्रेष्ठ र असल बचतकर्तामा विदुर नपा-१ का राधिका नापित र सुबिन बज्राचार्यलाई सम्मान गरिएको थियो ।

१ सय ७१ पुरुष र २ सय ५६ जना गरी ४२७ जना शेयर सदस्य रहेको सहकारीमा ४२ लाख २८ हजार शेयर पुँजी रहेको छ । बचत रकम एक करोड ४२ लाख ८८ हजार, ऋण लगानी एक करोड ७० लाख ६५ हजार र जगेडा कोषमा ७ लाख ६९ हजार रहेको छ ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top