२०८१, १४ बैशाख शुक्रबार

शरण उत्सुकलाई सहकारी पत्रकारिता पुरस्कार

डबली खबर     पुष १६ २०७८ ०९:१५

sangam sahakari rewared to sharan utsuk sapkota
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – पत्रकार शरण उत्सुक सापकोटा संगम साकोसको संगम पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

संगम साकोसको १७ औं वार्षिक साधारणसभा तथा २५औं वार्षिकोत्सव तथा रजत महोत्सव समारोहबाट राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कँडेलले सापकोटालाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेका हुन् ।

जिल्लामा लामो समयदेखि अनवरत रुपमा समाचार संकलन र सम्प्रेषणको साथै नुवाकोट जिल्लाको पत्रकारितामा उल्लेखनीय योगदान गरेकोमा सम्मान गरिएको सहकारीका अध्यक्ष नारायण श्रेष्ठले बताए ।

पत्रकार सापकोटा विगत २३ वर्षदेखि प्रकाशित हुदैं आएको त्रिशुली साप्ताहिकका प्रकाशक तथा सम्पादक हुन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top