२०८१, १३ बैशाख बिहीबार

संगम हाजिरीजवाफमा विन्दुकेशर प्रथम

डबली खबर     पुष १२ २०७८ १२:५२

sangam quiz contest 2078
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – संगम साकोसको २५औं वार्षिकोत्सवको अवसरमा आयोजित जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगितामा विन्दुकेशर मावि प्रथम भएको छ ।

संगम साकोसको वार्षिकोत्सव एवम् संगम रजत महोत्सवको अवसरमा शुक्रबार भएको जिल्लास्तरीय मावि हाजिरीजवाफ प्रतियोगितामा विन्दुकेशर प्रथम भएको कार्यक्रम संयोजक विष्णुकुमार चित्रकारले जानकारी दिए । प्रतियोगितामा स्पार्कल इन्टरनेशनल स्कुल कोलनी द्वितीय र चन्द्रज्योती माध्यमिक विद्यालय तेश्रो भए ।

प्रतियोगिताका विजयीहरुलाई साधारणसभा एवं रजत महोत्सव समारोहमा पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक चित्रकारले जानकारी दिए ।

त्रिभवन त्रिशुली माध्यमिक विद्यालयको प्राङ्गणमा भएको प्रतियोगितामा ११ वटा विद्यालयले सहभागिता जनाएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top