२०८१, ११ बैशाख मंगलवार

आगलागी पिडितलाई राहत वितरण

सरस्वती न्याैपाने     मंसिर २९ २०७८ १२:२८

Relief to fire victims rasuwa
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

रसुवा – जिल्ला प्रशासन कार्यालय रसुवाले आगलागीबाट पिडितलाई राहत वितरण गरेको छ ।

गत आईबार करेन्ट सर्ट भई आगलागी भई पुरै घर जलेर नष्ट भएका पिडित परिवारलाई जिल्ला प्रशासन कार्यालय रसुवाले १५ हजार रुपैंयाँ उपलब्ध गराएको छ । नगदसहित त्रिपाल र अन्य खाद्यान्न राहत स्वरुप उपलब्ध गराएको जानकारी दिएको छ ।

गाेसाँइकुण्ड गाउँपालिका वडा नम्बर ३ खाङजिममा गत आईतबार साँझ ७ बजे ग्याल्वाे तामाङ र कान्छि तामाङको घर पूर्ण रुपले नष्ट भएको थियो ।

पिडित परिवारलाई निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा थापा केसीले घटनास्थल पुगी जिल्ला प्रशासन कार्यालयमार्फत राहत रकम प्रदान गरेकी हुन् ।

घटनास्थलमा सशस्त्र प्रहरी बलका प्रमुख लव सापकोटा, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सविन कार्कि, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख आशिष दाहाल लगायतकाे राेहवरमा पिडितलाई रकम वितरण गरिएकाे हाे ।

आगलागी पिडितलाई खाद्यान्न सहयोग

समाजसेवी तथा महिला अधिकारकर्मी नर्स प्रतिमा लामाले आगलागी पिडित परिवारलाई खाद्यान्न राहत सहयोग गरेकी छिन् ।

राहतमा खाद्यन्न सामाग्रीमा चामल, प्रयोग गर्ने भाडा र जाडो याममा सुत्नको लागि न्यानो ओड्ने व्लाङकेट,खाना पकाउने भाडा प्रेसरकुकर, चिया पकाउने किल्टी पानी राख्नकाे लागि बाल्टिन, अस्थायी बासस्थानकाे लागि त्रिपाल र चिसाेबाट बचाउन भुइमा अेाछ्याउन म्याट्रिस प्रदान गरिएको उनले जानकारी दिईन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top