sujim bazar advert

दुई स्वास्थ्य चौकी सम्मानित

डबली खबर     मंसिर २८, २०७८

Sizen Education Consultancy Pvt. Ltd.

bidur municipality awared to two heathpost
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – विदुर नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी प्रसुती सेवा उपलब्ध गराउने दुई स्वास्थ्य चौकीहरुलाई सम्मान गरेको छ ।

विदुर नगरपालिकाका १८ वटा स्वास्थ्य संस्थाहरु मध्ये ६ वटामा प्रसुती सेवा उपलव्ध रहेको छ । ती मध्ये सबै भन्दा बढी प्रसुती सेवा प्रदान गर्ने खड्कभञ्ज्याङ स्वास्थ्य चौकी र नुवाकोट स्वास्थ्य चौकीलाई नगरपालिकाले नगद रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक रामराजा भण्डारीले जानकारी दिए । उनको अनुसार खड्कभञ्जयाङ स्वास्थ्य चौकीलाई १० हजार रुपैयाँ र नुवाकोट स्वास्थ्य चौकीलाई ५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

गत आर्थिक वर्षमा खड्कभञ्ज्याङ स्वास्थ्यचौकीले १५ जनालाई  र नुवाकोट स्वास्थ्य चौकीले ५ जनालाई सुत्केरी सेवा उपलब्ध गराएको विदुर नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

नगरका स्वास्थ्य चौकीहरु मध्ये खडगभञ्ज्याङ, चारघरे, कल्याणपुर, गेर्खु, तुप्चे र नुवाकोटबाट प्रसुती सेवा उपलब्ध हुने गरेको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top