२०८१, १९ बैशाख बुधबार

आजदेखि दोस्रो चरणको मतदाता संकलन

डबली खबर     मंसिर २८ २०७८ ११:२५

jilla nirwachan nuwakot notice
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – जिल्ला निर्वाचन कार्यालय नुवाकोटले दोस्रो चरणको मतदाता संकलन आज मंसिर २८ गतेदेखि पुष ८ गतेसम्म स्थानीय तहको केन्द्रमा गएर फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ । मतदाता नामावलीमा कोही नछुटुन्, कोही नदोहोरिन मतदाता नामावली संकलन गरिने भएको हो।

दोस्रो चरणमा बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, पञ्चकन्या गाउँपालिका, म्यागङ गाउँपालिका र तादी गाउँपालिकामा फोटो सहितको मतदाता नामावली संकलन कार्यक्रम सञ्चालन हुने जिल्ला निर्वाचन अधिकृत राकेश गुरुङले बताए ।

पहिलो चरणमा गत मंसिर १७ गतेदेखि २६ गतेसम्म ककनी, लिखु, शिवपुरी, किस्पाङ, दुप्चेश्वर र सुर्यगढ़ी गाउँपालिकामा मतदाता नामावली संकलन गरेको थियो । जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता भईरहेकाले विदुर नगरपालीकामा भने भने यो कार्यक्रम सञ्चालन नहुने बताईएको छ ।

तथ्यांकअनुसार नुवाकोटमा महिला एकलाख १७ हजार ६६७ जना, एकलाख १० हजार ६८३ जना र ३ जना तेस्रो लिंगी गरी कुल दुईलाख २८ हजार ७६२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

नामावली सङ्कलन अभियानमा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकहरुको मतदाता नामावलीको विवरण सङ्कलन कार्य हुनेछ भने निर्वाचन आयोगले तोकेको मितिमा १८ वर्ष पूरा गरेका नागरिकहरुको नाम मतदाता नामावलीमा समावेश गर्नेछ ।

मतदाता परिचयपत्र हेर्न के गर्ने?

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top