२०८१, ११ बैशाख मंगलवार

सञ्चालनमा आयो ५० शैयाको स्टार नुवाकोट अस्पताल

डबली खबर     मंसिर २५ २०७८ ०६:५३

star hospital nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – उपत्यका बाहिर बसोबास गर्ने नागरिकलाई सरल र सुलभ दरमा विशेषज्ञ सेवामा पहुँच विस्तार गर्ने योजना अनुसार अस्पताल ५० शय्यामा स्तरोन्नती गरेर स्टार नुवाकोट अस्पताल सञ्चालनमा आएको छ । ललितपुरको सानेपा–२ स्थित स्टार अस्पतालले नुवाकोटको विदुरस्थित ढुंगे–१ मा अस्पताल सञ्चालनमा ल्याएको हो ।

औपचारिक उद्घाटन गर्दै स्टार अस्पताल ललितपुरका कार्यकारी अध्यक्ष किशोरकुमार मर्हजनले नुवाकोट, धादिङ्ग र रसुवाका ३ लाख भन्दा बढी जनसंख्याले लाभ लिन सक्ने विश्वास व्यक्त गरे ।

अस्पताल एउटा नाफामुलक संस्था मात्रै नभएर स्वास्थ्य सेवामा छुटै पहिचान बनाएको संस्थाको रुपमा स्थापित रहेको स्टार अस्पतालले नुवाकोटमा पनि स्थापना गरिएको स्टार अस्पतालका चिकित्सक निर्देशक डा. शैल रुपाखेतीले बताए । स्टार अस्पताल सानेपामा सबै खालका विशेषज्ञ सेवा नियमित उपलब्ध भइरहेको भन्दै नुवाकोटका जनताको लागि पनि विशेषज्ञ सेवा उपलब्ध गर्नका लागि स्टार नुवाकोट अस्पताल सञ्चालनमा ल्याएको स्पष्ट पारे ।

अस्पताल उद्घाटनको अवसरमा चार दिने नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविरको साथै सहुलियतमा चिकित्सक उपचार समेत आयोजना गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top