२०८१, ७ बैशाख शुक्रबार

जुवाखालबाट ९ जना जुवाडे पक्राउ

डबली खबर     कार्तिक १२ २०७८ ११:२३

Nine gamblers arrested from Gangate Nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – जिल्ला प्रहरी कार्यालय नुवाकोटले बिहीबार जुवाखालबाट वडाध्यक्षसहित ८ जना जुवाडेलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीकाका अनुसार विदुर नगरपालिका-५ स्थित गगंटेमा तासकाे खालबाट वडाध्यक्षसहित ८ जनालाई प्रहरीले आज साँझ पक्राउ गरेकाे छ।

पक्राउ पर्नेहरुमा तास खेलाउने घरबेटिसहित सुर्यगढी गाउँपालिका-५ का वडाध्यक्ष भैरव अधिकारी, कृष्ण बिक, राजु पन्त, मछिन्द्र परियार, सन्तोष त्रिपाठी, केशवप्रसाद पन्त, पदमसिङ् धामी र भारतिय नागरिक ईश्वर गुप्ता रहेको प्रहरीले जनाएको छ ।

निर्माणाधीन घर बाजी राखी जुवातास खेलिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा जिप्रकाबाट खटिएको टोलीले जुवाखालबाट ३ लाख ५२ हजार रुपैयाँको साथ १ सय ६० पत्ति तास समेत बरामद गरिएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।


प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top