२०७८, २३ मंसिर बिहीबार
election office notice 2021

नुवाकोटमा थप ५८ कोरोना संक्रमित थपिए

डबली खबर     कार्तिक ६ २०७८ १७:३७

district health office nuwakot
bidur tax
SEBON

विदुर – पछिल्लो २४ घण्टामा नुवाकोट जिल्लामा ५८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार सङ्क्रमित हुनेमा महिला २४ र पुरुष ३४ जना रहेका छन् ।

सङ्क्रमित हुनेमा विदुर नगरपालिकाका ३६ जना, बेलकोटगढी नगरपालिकाका ४ जना, किस्पाङ गाउँपालिकाका ७ जना, सुर्यगढ़ी, म्यागङ र तादीका ३/३ जना र तारकेश्वर गाउँपालिकाका २ जना रहेका छन् ।

हाल जिल्लामा ७६ जना सक्रिय कोरोना सङ्क्रमित बिरामी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा अस्पतालमा १ जना र ७५ जना होम आइसोलेसनमा उपचारत रहेका छन् ।

यस्तै, शनिबार २ जना संक्रमितले कोरोना जितेर घर फर्किएका छन् ।

तथ्यांकअनुसार जिल्लामा कोरोनाबाट ५० जनाको मृत्यु भएको छ भने ८ हजार २७९ कोरोना सङ्क्रमित भएका छन् ।




Bachchhaladevi Suppliers
Trishuli Web Design Services in Nuwakot
Nuwakot FM 106.8 MHz
Radio Langtang
Radio Sanjiwani

प्रतिक्रिया


Top