२०८१, १४ बैशाख शुक्रबार

विष्णु र राकेश दोस्रो वडास्तरीय ब्याडमिन्टन विजेता

डबली खबर     कार्तिक १ २०७७ ११:१५

bidur ward 9 second badminton competition 2077
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – विदुर नगरपालिका वडा न ९ को कार्यालयको आयोजनामा भएको दोस्रो वडास्तरीय ब्याडमिन्टन प्रतियोगितामा विष्णु प्याकुरेल र राकेश तामाङ च्याम्पियन भएका छन् ।

प्रतियोगितामा कोलेनीका विष्णु र राकेशको जोडीले अजयकुमार थापा र सुरेन्द्र श्रेष्ठको जोडीलाई १९-२१, २१-१८ र २१-१७ ले पराजित गर्दै उपाधि हात पारेका छन् । विजेता र उपविजेता नगद १० हजार र ५ हजारसहित प्रमाणपत्र, मेडल ट्रफी र ब्याडमिन्टन र्‍याकेट प्राप्त गरे ।

विजेता खेलाडीलाई विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, वडा नम्बर ८ अध्यक्ष फैसिङ तामाङ, उद्योग वाणिज्य संघका पूर्वसचिव जीवन श्रेष्ठ र नुवाकोट चेम्बर अफ कर्मशका उपाध्यक्ष सुवर्ण श्रेष्ठले शुभकामना मन्तव्य तथा पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा नाै टिमले सहभागिता जनाएको विदुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष शनि चित्रकारले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top