२०८१, ११ बैशाख मंगलवार

नहरमा हाम फालेर मृत्यु भएकी महिलाको शव परिवारले बुझे

    चैत्र ४ २०७६ २१:५५

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोटको त्रिशूली जलविद्युत् उत्पादन केन्द्रको नहरमा हाम फालेका महिलाको शव परिवारले बुझेका छन् ।

मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका वडा नं.११ घर भई हाल जिल्ला काठमाण्डौ तारकेश्वर नगरपालिका वडा नं. ६ बस्ने सुन्दर कुमारी गजुरेल बर्ष ५० रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजेश थापाले जानकारी दिए ।

मृतक गजुरेलले हिजो सोमबार साँझ ७:१५ बजेतिर विदुर नगरपालिका वडा नम्बर ९ इन्टेकस्थित नहरमा हाम फालेर ज्यान गुमाएका थिए । मृतकका छोरा अनमोल गजुरेलले आज दिउँसो मात्र शव बुझेका हुन् । सोमबार दिउँसो १२ बजेदेखि घरबाट कसैलाई केहिपनि नभनी हिडेकी परिवार स्रोतले जनाएको छ ।

स्थानीयले नहरमा हाम फालेको देखेर बचाउने कोशिस गरेतापनि पानी धेरै भएकाले समयमा बचाउन नसकिएको प्रहरीले जनाएको छ । केन्द्रको सुरक्षार्थ सेनाको सेन्ट्रीले सिट्ठी फुकेर पानीमा नजान भन्दा एक्कासि ती महिला हाम फालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top