विदुर – विश्वमा फैलिरहेको कोरोना भाईरसको कारण आम मानिसमा आउन सक्ने स्वास्थ्य खतरालाई मध्यनजर गर्दै समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विदुर नगरपालिकाको बट्टार र त्रिशुलीमा ‘हेल्पडेक्स’ समेत स्थापना गरेको छ ।
स्वास्थ्य कार्यालयहरुसँगको समन्वयमा नुवाकोट प्रहरीले कोरोना भाइरस सम्बन्धि जनचेतना जगाउन हेल्पडेक्स स्थापना गरेको हो । साथै प्रहरीले जिल्लास्थित विभिन्न स्थानहरु चोगते, ढिकुरे, देउराली, तारुका, बाघखोर, कोलनी, खनानीटार लगायत गरी एकैपटकमा आठ स्थानहरुमा सचेतनामुलक कार्यक्रम गरेको छ ।
कोरोना भाईरसबाट बच्ने उपायहरु र कोरोना भाईरसका लक्षणहरुको बारेमा सचतेनामुलक कार्यक्रम भएको हो ।
प्रतिक्रिया