काठमाडौं – सरकारले वैदेशिक रोजगारीबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीलाई राष्ट्रिय पुरस्कारको लागि आवदेन माग गरेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचना जारी गरी वैदेशिक रोजगारीमा गई फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीहरुलाई आवेदन दिन अनुरोध गरेको छ ।
उद्यमीहरुको योगदानको कदर स्वरुप पुरस्कत गरी स्वरोजगारीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिन लागिएको उक्त पुरस्कारमा सहभागी हुने नेपाली नागरिकले सूचनामा उल्लेखित कागजात बुझाउनु पर्नेछ ।
नेपाली नागरिक, श्रमिक भिषामा विदेश गरी कम्तिमा १ वर्ष काम गरी फर्किएको र यसअघि मन्त्रालयवाट पुरस्कार नगरेको हुनुपर्नेछ । यी योग्यता पुगेकाहरुले विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६ को अनसुूची २ अनुसारको ढाँचामा आवेदन बुझाउन सक्नेछन् ।
आवेदनको ढाँचा मन्त्रालयको https://moless.gov.np/ बाट डाउनलोड गर्न सकिन्छ । आवेदन आजको मितिले २१ दिन अर्थात् चैत्र २३ सम्म बुझाउनु पर्दछ ।
अनुसूची २ (फारम) डाउनलोड गर्नुहोस ।
सूचना डाउनलोड गर्नुहोस ।
प्रतिक्रिया