२०८१, १९ बैशाख बुधबार

एसइइ परीक्षा केन्द्रमा हेल्थ डेस्क सञ्चालन हुने

    चैत्र ३ २०७६ ११:५२

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – विश्वव्यापी रूपमा फैलिएको कोराना भाइरसको संक्रमणबाट परीक्षार्थी प्रभावित हुन सक्ने भन्दै नुवाकोटमा पनि एसइइ परीक्षा केन्द्रमा हेल्थ डेस्क सञ्चालन गर्ने भएको छ।

आईतबार जिल्ला प्रशासन कार्यलयमा बसेको परीक्षा समन्वय समितिको बैठकले यहि बिहिबार ६ चैत्रबाट सुरु हुने एसइइ परीक्षालाई मध्यनजर गर्दै परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गर्ने र स्थानीय तहहरूमा स्वंयसेवक परिचालन गर्ने भएको छ।

शंकास्पद बिरामी वा संक्रामक रोगको लक्षण देखिएमा तत्कालै जिल्ला अस्पतालका डा.अमित कुमार श्रेष्ठ ९८४३७४२४१५ र स्वास्थ्य कार्यालयका जनार्दन सिलवाल ९८५१२०६३४८ सँग सम्पर्क राख्न हुन अनुरोध गरेको छ ।

कोरोनाभाइरस रोग सम्बन्धी थप जानकारीका लागि स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बरहरु ९८५१२५५८३९ ,९८५१२५५८३७ , ९८५१२५५८३४ मा बिहान ८ बजे देखि बेलुकी ८ बजे सम्म सम्पर्क गर्न सक्नुहुन्छ। त्यस्तै, काठमाडौं टेकुस्थित हटलाइन नम्बर १११५ मा फोन गर्न सकिने छ ।

बैठकले जिल्ला प्रहरी कार्यालयको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत तथा स्थानियतहको अग्रसरतामा नुवाकोटस्थित सवै स्थानियतहका सबै वडाहरुमा पर्चा, स्टिकरसहित घरदैलो कार्यक्रम मार्फत नागरिक सचेतना अभिवृद्धि तथा प्रचार प्रसार गर्ने रहेको छ ।

संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल रेडक्रस सोसाइटीले स्थानियतहलाई आवश्यक सहयोग तथा समन्वय गर्ने भनिएको छ ।

नुवाकोटबाट यस वर्ष एसइइ परीक्षामा ४ हजार ३ सय ६ जना परिक्षार्थी सहभागी हुँदैछ । नियमिततर्फ ४ हजार १ सय ६५ र ग्रेड वृद्धितर्फ ८५ जनाले परीक्षा दिँदै छन् ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top