+
Search

ताजा अपडेट +

पपुलर +

आईसोलेशन कक्ष स्थापना

district trishuli hospital nuwakot
डबली खबर
६ साल अगाडी

विदुर – कोरोना भाईरसको लक्षण देखिएमा ति संक्रमितहरूलाई राख्नका लागि जिल्ला अस्पताल त्रिशुलीमा आईसोलेशन कक्ष स्थापना गरिएको छ ।

चार बेड रहेको आईसोलेसन कक्षमा आवश्यक सम्पुर्ण सामाग्रीको व्यवस्था भैईसकेको जिल्ला स्वास्थ्य कार्यलयका अधिकृत सागरप्रसाद घिमिरेले जानकारी दिए ।

पुर्व तयारी स्वरुप संक्रमण नियन्त्रण तथा फैलन नदिन सम्भावित व्यक्तिको निगरानीका लागि अस्पतालले बिरामीलाई छुट्टै राखेर उपचार गर्न आइसोलेशन वार्ड स्थापना गरेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले बताए ।

कोरोना भाइरसको संक्रमण भएको शंका लागेका व्यक्तिहरूको चेकजाँच तथा उपचार गर्न सहज हुने भएकाले आइसोलेशन वार्ड स्थापना गरिएको मेडिकल सुपरिन्टेन्डेन्ट डा. रेमकुमार राईले बताए ।

परीक्षणका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, डिजिटल थर्मोमिटर लगायत आवश्यक सामग्री अस्पतालमा उपलब्ध रहेको छ ।

नुवाकोट जिल्लामा हालसम्म कोरोना भाइरसको संक्रमित फेला परेका छैनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ