२०८१, ७ बैशाख शुक्रबार

कोरोना भाइरस: उच्च सर्तकता अपनाउन सामुदायिक वन उपभोक्ता महासंघको आग्रह

    चैत्र २ २०७६ १७:०१

Federation of Community Forestry Users Nepal FECOFUN
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

भक्तपुर – नोबल कोरोना भाइरस (कोविड १९) को संक्रमण महामारीका रुपमा विश्वभरी फैलिरहेको सन्दर्भमा नेपाली पनि उच्च सर्तकता अपनाउन जरुरी रहेको सामुदायिक वन उपभोक्ता महासंघले जनाएको छ ।

महासंघकी अध्यक्ष भारती पाठकद्वारा हस्ताक्षरित सूचनामा कोरोनाबाट जोगिन उच्च सर्तकता कायम गरी पूर्व तयारीको आवश्यक व्यवस्थापनमा सबै जुट्नु पर्ने बताएको छ ।

महासंघले देशभर रहेका सामुदायिक वन उपभोक्ता समूहहरु, स्थानीय जिल्ला र प्रदेश महासंघहरुलाई जनचेतनामुलक कार्यक्रम, सरसफाई अभियान र आकस्मिक सेवामा समन्वय र सहकार्य गरी अघि बढ्न आग्रह गरेको छ ।

त्यसैगरी यसको न्युनिकरण नहुँदा सम्म ठूला भेला, आमसभा, साधारणसभा जस्ता गतिविधिहरु नगर्न भनिएको छ । डर र त्रास नरही आत्मबल बढाउने कार्यक्रममा सहभागी हुन र आफ्नो सुरक्षाका लागि विेशष ध्यान दिन पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top