२०८१, १२ बैशाख बुधबार

नुवाकोटमा इन्टरनेट प्याकेज कसको सस्तो ?

    फाल्गुन २९ २०७६ १५:५३

ntc wordlink subisu broadlink websufer nuwakot internet server provider
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोटमा नेपाल टेलिकम, वर्ल्डलिंक, सुबिसु, ब्रोडलिंक र वेबसुर्फ़र गरी पाँच इन्टरनेट सेवा प्रदायक कम्पनीको सुविधा रहेको छ ।

इन्टरनेट सेवा प्रदायकले विशुद्ध रुपमा इन्टरनेट प्याकेजमा मात्रै प्रतिस्प्रर्धा गर्नेभन्दा विभिन्न उपहार प्याकेजका आधारमा ग्राहकहरुलाई आफूतर्फ खिचिरहेका छन् ।

नेपाल टेलिकमको एडीएसएल इन्टरनेट मासिक ५ एमबीपीएसको ७०० रुपैयाँ + कल मूल्य रहेको छ ।

नुवाकोट एक हजारभन्दा बढी ग्राहक रहेको वर्ल्डलिंकको मासिक २५ एमबीपीएसको १,५५० रुपैयाँ, ४० एमबीपीएसको १,८५० रुपैयाँ६० एमबीपीएसको २,७०० रुपैयाँमा उपलब्ध गराइरहेको छ ।

सुबिसुको मासिक ३० एमबीपीएसको १,१५८ रुपैयाँ, ४० एमबीपीएसको १,३५८ रुपैयाँ र ७५ एमबीपीएसको २,०५८ रुपैयाँ रहेको छ ।

ब्रोडलिंकको मासिक ३० एमबीपीएसको १,९९९ रुपैयाँ र ६० एमबीपीएसको २,९९९ रुपैयाँ रहेको इन्टरनेट तपाईंको रोजगाइको विषय बन्न सक्छ ।

वेबसर्फरको मासिक ४० एमबीपीएसको १,२९९ रुपैयाँ र ५० एमबीपीएसको १,४७५ रुपैयाँ रहेको छ ।

इन्टरनेट सेवा प्रदायक मध्ये नेपाल टेलिकम बाहेकले इन्टरनेट टिभी समेत प्रदान गर्दछ भने सेवा प्रदायकको स्कीम अनुसार थप मुल्य तिर्नुपर्दछ ।

त्यस हिसाबले डिजिटल टेलिभिजन सेवा, छूट तथा अफर, सेवाको गुणस्तर, समस्या आउँदाको मर्मतसम्भार आदि लगायतका सबै विषयको विचार गरी कसको इन्टरनेट जडान गर्ने भन्ने विषयको निर्णय लिनु बुद्धिमानी हुनेछ ।

अनलाईन मार्फत इन्टरनेट सेवा प्रदायकको इन्टरनेट बिल घरमै बसी तिर्न सकिन्छ ।

यद्यपी, त्रैमासिकदेखि वार्षिक प्याकेजको रुपमा इन्टरनेट जडान गर्न चाहनुहुन्छ भने तपाईंले थप सस्तोमा इन्टरनेट पाउन सक्नुहुनेछ । कुन सेवा प्रदायकको इन्टरनेट प्रयोग गर्ने निर्णयमा मूल्य एकमात्रै आधार होइन । त्यसमा सेवाको गुणस्तर र ग्राहक सेवाको विषय झन् महत्वपुर्ण रहन्छ ।

नेपाल टेलिकम, एनसेल, स्मार्टसेलको डाटा प्याकेजबाट पनि ईन्टरनेटको सुविधा लिन सकिन्छ ।

सेवाप्रदायकका इन्टरनेट प्याकेजको दररेट

मिति: २०७६ फाल्गुण २९ गते

सेवा प्रदायक संस्था अवधि दररेट
नेपाल टेलिकम
मासिक
वर्ल्डलिंक  मासिक
  • २५ एमबीपीएसको १,५५० रुपैयाँ
  • ४० एमबीपीएसको १,८५० रुपैयाँ
  • ६० एमबीपीएसको २,७०० रुपैयाँ
सुबिसु इन्टरनेट  मासिक
  • ३० एमबीपीएसको १,१५८ रुपैयाँ
  • ४० एमबीपीएसको १,३५८ रुपैयाँ
  • ७५ एमबीपीएसको २,०५८ रुपैयाँ
ब्रोडलिंक  मासिक
  • ३० एमबीपीएसको १,९९९ रुपैयाँ
  • ६० एमबीपीएसको २,९९९ रुपैयाँ
वेबसर्फर  मासिक
  • ४० एमबीपीएसको १,२९९ रुपैयाँ
  • ५० एमबीपीएसको १,४७५ रुपैयाँ

माथि उल्लेखित मुल्य अधिकारीक वेबसाइट मार्फत लिईएको छ। जिल्लास्थित इन्टरनेट सेवा प्रदायकको नियम अनुसार इन्टरनेटको मासिक मुल्य र स्पीडमा फरक पर्ने भएकोले आफूलाई सुहाउँदो इन्टरनेट सेवा प्रदायकलाई छान्नुपर्दछ ।

आफ्नो इन्टरनेटको स्पीड चेक गर्नको लागि निम्न वेबसाईट मार्फत गर्न सकिन्छ

  1. https://fast.com/
  2. https://www.speedtest.net/

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top