sujim bazar advert

चक्र देव पोलिक्लिनिकले मनायो प्रथम वार्षिकोत्सव

    फाल्गुन २८, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

chakra dev polyclinic first anniversary free health checkup
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर – जेष्ठ नागरिकहरुको नि:शुल्क स्वास्थ्य चेकजाँच गरी चक्र देव पोलिक्लिनिकले आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ ।

पोलिक्लिनिकले वार्षिकोत्सव अवसरमा विदुर नगरपालिका वडा नम्बर ५ स्थित देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानद्वारा सञ्चालित वृद्धाश्रमका २४ जना जेष्ठ नागरिकहरुको नि:शुल्क स्वास्थ्य चेकजाँच गरेको थियो ।

नि:शुल्क स्वास्थ्य चेकजाँचमा मधुमेह, मुटुको ईसीजी (मुटु अथवा रक्तनली सम्बन्धी भिडियो एक्सरे), उच्च रक्तचाप, युरिक एसिड, कोल्डस्टोर लगायतका सेवाहरु प्रदान गरिएको पोलिक्लिनिकका प्रबन्धक निर्देशक सुशील पण्डितले जानकारी दिए । साथै डाक्टरको पुर्जी तथा बिरामीको आवश्यकता अनुसार आँखा, मुटु, मधुमेहको नि:शुल्क औषधी उपलब्ध गराईएको थियो ।

पोलिक्लिनिकले वृद्धाश्रम स्थानदेखि पोलिक्लिनिकसम्म जेष्ठ नागरिकहरुलाई आवतजावतको लागि यातायात व्यवस्था, एकदिनको खाना, खाजा र फलफुल प्रदान गरिएको थियो । साथै, कोरोनाको सङ्क्रमणबाट सुरक्षित रहन सबैलाई मास्क समेत वितरण गरिएको थियो ।

पोलिक्लिनिकले अन्य सेवाग्राहीलाई सम्पूर्ण स्वास्थ्य सेवामा ५० प्रतिशत छुटकाे व्यवस्था गरिएकाे थियो ।

२०७५ फाल्गुण २७ गतेदेखि सञ्चालनमा ल्याएको पोलिक्लिनिकले हाल रगत प्रयोगशाला, मुटु रोग, हाडजोर्नी तथा नशारोग, स्त्रीरोग तथा प्रजनन स्वास्थ्य सम्बन्धि सम्पूर्ण चेकजाँच गर्दछ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top