२०८१, १० बैशाख सोमबार

कर्मचारीको पोशाक अनिवार्य रुपमा लगाउन निर्देशन

    फाल्गुन २७ २०७६ १४:३६

dupcheshwar rural municipality nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

दुप्चेश्वर  – दुप्चेश्वर गाउँपालिकाले आफ्नो मातहतका सम्पूर्ण सरकारी निकाय, शिक्षण संस्थाका निजामती कर्मचारीहरुलाई अनिवार्य रुपमा कर्मचारीको पोशाक लगाउन भनिएको छ ।

आज सोमबार पालिकाद्वारा जारी गरिएको सूचनामा गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय र गाउँपालिका अन्तर्गतका सबै शिक्षण संस्था तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले आफ्नो कार्यालयमा सार्वजनिक विदाको दिन बाहेक कार्यालय समयमा उपस्थित हुँदा अनिवार्य रुपमा नेपाल सरकारले तोके बमेजिमको कर्मचारी पोशाक लगाएर उपस्थित हुन अनुरोध गरेको छ ।

आज धेरैजसोले सरकारीले पोशाक भत्ताबापत रकम बुझेर पनि पोशाक नलगाईएको पाईएकोले कर्मचारी पोशाक लगाउन भनिएको निमित्त प्रशासकीय अधिकृत सर्वदा पण्डितले जानकारी दिए । यदि २०७६ चैत्र १ गते बाट कर्मचारी पोशाक नलगाईएको पाईएमा आ. ब. २०७६्/७७ को कर्मचारी पोशाक भत्ता उपलब्ध नगराईने पण्डितले जानकारी दिए ।

निजामति कर्मचारीको आचरणसम्बन्धी नियमावली २०६५ मा निजामती कर्मचारीले अनिवार्य रूपमा पोशाक लगाउनुपर्ने निर्देशन गरिएको छ । सरकारले निजामती कर्मचारीको पोशाक भत्ता वृद्धि गर्दै दश हजार पुर्‍याएको थियो ।

कुनै पनि सरकारी कार्यालयमा कर्मचारीलाई सेवाग्राहीले सजिलै चिन्न सकुन र सरकारी कर्मचारीहरुको पहिचानका लागि सरकारले सरकारले पोसाकको ब्यबस्था गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top