+
Search

ताजा अपडेट +

पपुलर +

कोरोना भाइरसबाट सुुरक्षित रहन सार्वजनिक कार्यक्रम नगर्न प्रशासनको आग्रह

district administration office dao nuwakot daonuwakot
डबली खबर
६ साल अगाडी

विदुर – जिल्ला प्रशासन कार्यालय नुवाकोटले भिड जम्मा हुने कुनै पनि कार्यक्रम नगर्न नगराउन सबैमा अनुरोध गरेको छ ।

आज बिहीबार जिल्ला विपद व्यवस्थापन समितिको बसेको बैठकले एक सार्वजनिक अनुरोध गर्दै कार्यालयले कोरोना भाइरसबाट बच्न, मनोवैज्ञानिक असर न्यून गर्न र पूर्व सावधानीका लागि आह्वान गरेको छ ।

विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपको प्रभावले नेपालमा पनि दिनानुदिन सन्त्रास फैलाएको सन्दर्भमा नेपाली जनता पनि कोरोना भाइरसको फैलँदो सन्त्रासले चिन्तित रहेको भन्दै सजग रहन जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले सबैमा अनुरोध गरेको छ ।

बैठकले नेपालिहरुको रंगको पर्व फागु पुर्णिमा होलि सभ्य ढंगले मनाउन भनिएको छ । कोरोना भाइरसको मध्यनजर गदैँ ठुलो समुहमा होलि नखेल्न प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले आग्रह गरेका छन् ।

निर्णय.jpg

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ