२०८१, ११ बैशाख मंगलवार

नुवाकोटमा तेस्रो बृहत जीवित कुमारी पुजा

    फाल्गुन १७ २०७६ २१:३७

nuwakot goddess kumari puja 2020 dinisha dangol
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोटमा रहेको जिवित देवी कुमारीको उचित संरक्षण र सम्बर्द्धनको लागि आज शनिबार जीवित देवी कुमारीको विशेष पूजा गरिएको छ । नुवाकोट दरबार क्षेत्रमा रहेको भैरवी मन्दिर परिसरमा विधिवत रुपमा सुरु गरिएको कुमारीको पूजा गरिएको हो ।

काठमाडौंको ह्युमत मिसा पुच:द्वारा आयोजित कुमारी पूजामा हजारौं दर्शनार्थी उपस्थित थिए । उक्त कुमारी पूजामा विदुर नगरपालिका वडा नम्बर १ मण्डलाका ७ वर्षीया दिनिशा डङ्गोललाई पूजा गरिएको छ ।

पुचःले २०७० सालमा पहिलोपटक कुमारी पूजा गरेको थियो । त्यसै गरी २०७३ सालमा दोश्रोपटक पुजा गरेको थियो । यस वर्ष २०७६ मा तेश्रोपटक बृहत कुमारी पुजा गरेकाे पुच:का अध्यक्ष मचानानी महर्जनले बताए ।

समारोहलाई सम्बोधन गर्दै नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सुसंस्कारको जर्गेना गर्नुपर्ने बताएका छन् । उनले पहिचान गराउने संस्कारको विकास संरक्षण तथा कुप्रथाको परिवर्तन गर्नुपर्ने बताए । उनले पृथ्वीनारायण शाहको एकीकरणका कारण नेपाल र नेपाली भएर यहाँको कला, धर्म, संस्कृती, भाषामा गर्व गर्न पाएको बताउंदै यी राष्ट्रिय धरोहरको संरक्षण सबै मिलेर गरिनुपर्ने बताए । नेपालको संविधानले समेत संस्कार, संस्कृतिको संरक्षण गरेको बताउंदै नेपालको संविधान विश्वको उत्कृष्ठ संविधान रहेको बताए । उनले नेपालको संविधान प्रगतिशिल, देशभक्त, लोकतान्त्रीक र समाजवाद उन्मुख रहेको समेत दावी गरे । उनले लिम्पीयाधुरा, कालापानी र लिपुलेक नेपालकै भएकाले ती भुभाग नेपालकै बनाउने धारणा राखे ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदालाई पर्यटनसँग जोडेमा सम्पदा र पर्यटनको विकास हुनुको साथै आर्थिक समृद्धितर्फ अघि बढ्न सकिने बताए ।

विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नुवाकोटको कुमारीको संरक्षण र सम्बर्द्धनका लागि स्थानीय तहबाट सहयोग गरिने प्रतिबद्धता जनाएका छन् । विदुर नगरपालिकालाई काठमाडौं महानगरपालिकासँग धार्मिक, पर्यटकीय क्षेत्रको रुपमा भगिनी सम्बन्धको रुपमा अघि बढाई नगर क्षेत्रभित्र रहेका धार्मिक, पर्यटकीय एवम् ऐतिहासिक क्षेत्रको विकास गरिने बताए ।

ह्युमत मिसा पुच: काठमाडौं नेपालले देशभरका स्थानमा विराजमान रहेको जिवित देवि कुमारीहरुको अवस्थाको बारेमा राज्यलाई जानकारी गराई उचित संरक्षण र सम्बर्द्धनको लागी नुवाकोटमा विशेष पुजा गरिएको पुच:का अध्यक्ष मचानानी महर्जनले बताए । समुहले गत माघ ११ गते उपत्यकाको ८ जिवित देवि कुमारीहरुको पुजा सम्पन्न गरि सकेको छ ।

नेपालमा नुवाकोट कुमारी सहित बसन्तपुरको राजकीय कुमारी, मखन, किलाघल, तोखा, साँखु, भक्तपुर, साँखु, पनौती, बुंगमती, ललितपुर र आजिवन कुमारी गरी ११ स्थानका जिवित देवि कुमारीहरुको रुपमा पुँजिदै आएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top