२०८०, १६ चैत्र शुक्रबार

लुटपाट तथा ठगी आरोपमा मिलन लामा जेल चलान

    फाल्गुन १७ २०७६ ०८:५८

milan lama crime
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – लुटपाट तथा ठगी आरोपमा पक्राउ परेका नुवाकोटका मिलन लामा जेल चलान भएका छन् । ठगी आरोपमा शुक्रबार भएको थुनछेक बहसमा जिल्ला अदालत काठमाडौंले १० लाख रुपैयाँ धरौटी माग गरेको र उक्त रकम बुझाउन नसकेपछि लामालाई जेल चलान गरिएको महानगरीय प्रहरी वृत्त महाराजगंजले जानकारी दिएको छ ।

यस अघि लामा माघ २० गते काठमाडौंको बसुन्धराबाट लुटपाट गरी भागेका थिए । लामाले चेक तथा पैसा लुटपाट गरी ज्यान मार्नेसम्मको धक्मी दिएर भागेको आरोपमा परेको जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीको फरार सूचीमा रहेका लामालाई महाराजगंज प्रहरीले माघ २८ गते राती बसुन्धराबाट पक्राउ गरी अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

गुण्डाका नाईके समेत रहेका लामा यस अघि पनि कर्तव्य ज्यान र हातहतियार खरखजाना मुद्दामा जेल जलान भइसेका व्यक्ति हुन् । नुवाकोटको तत्कालिन महाकाली गाविस हाल शिवपुरी गाउपालिका स्थायी घर भएका लामा नेकपा नुवाकोटको जिल्ला कमिटि सदस्य समेत हुन् ।

लामा यस अघि २०६७ सालमा हातहतियार तथा खरखजाना मुद्दामा प्रहरी वृत्त बालाजु र २०७० सामा ज्यान मार्ने उद्योग अन्तरगत प्रहरी वृत्त महाराजगंजले मुद्दा चलाई सजाय पाइसकेका अभियुक्त हुन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top