२०८१, १९ बैशाख बुधबार

त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको ६९ औं वार्षिकोत्सव (फोटोफिचर)

    फाल्गुन १४ २०७६ १५:०१

69th anniversary tribhuvan trishuli secondary school
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको ६९ औं वार्षिकोत्सव तथा नवनिर्मित भवन उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलबाट भएको छ ।

विदुर नगरपालिका वडा नम्बर १, त्रिशुलीमा रहेको विद्यालयको वार्षिकोत्सव तथा नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले अब पढाउई मात्र नभई सिकाई शिक्षण पद्धति अपनाउनुपर्ने बताएका हुन् । सामुदायिक विद्यालयमा ८० प्रतिशत प्राविधिक धारको पढाइ हुनुपर्नेमा जोड दिँदै उनले शिक्षाको क्षेत्रमा गुणात्मक विकास गर्नु शिक्षकको महत्वपुर्ण जिम्मेवारी रहेको बताए ।

सामुदायिक विद्यालयका शिक्षकहरुलाई आफ्नो हित र स्वार्थमा नअल्झि आफ्नो कामको परिणाम निकाल्न तर्फ लाग्न अनुरोध गरे । उनले प्रदेश सरकारले प्रदेशभित्र रहेका १३ वटै जिल्लाको समानुपातिक विकास गर्न लागि परेको बताए । पहुँच र पदको आधारमा विकास नगरी जनताको आवश्यक्ता र प्राथमिकताको आधारमा विकास गरिने बताए ।

कार्यक्रममा वागमती प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामा प्रदेशसभा सदस्य केशव पाण्डे, जिल्ला समन्वय समिति प्रमुख सन्तमान तामाङ, उपप्रमुख अप्सरा थापा, विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, उपप्रमुख गिता कुमारी दाहाल लगायतले अबको शिक्षा सैद्धान्तिक नभई प्रयोगात्मक शिक्षा हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय एकाइ (शिक्षा) को समन्वय तथा एशियाली विकास बैंकको आर्थिक सहयोगमा १० करोड ७ लाख ७९ हजार रुपैयाँको लागतमा विद्यालयको भवन पुनर्निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन्द्रमान प्रधानले जानकारी दिए । नवनिर्मित भवनमा १२ कोठे कक्षा कोठा, शौचालय, छात्रावास, चमेना गृह लगायत रहेको छ ।

विद्यालयको शैक्षिक गुणस्तर पढाउन प्रविधिमैत्री प्रोजेक्टरको माध्यमबाट अध्यापन गराउने, ई-लाइबेरीको विकास गर्ने गर्ने, विद्युतिय हाजिरको व्यवस्था गर्ने, शिक्षण क्रियाकलाप शैक्षिक सामाग्रीको प्रयोगमा जोड दिइने विद्यालयको योजना रहेको विद्यालयको प्रध्यानाध्यापक महेन्द्र रावतले बताए ।

कार्यक्रममा एस. एल. सि. २०५७ व्याच परिवारको तर्फबाट विद्यालयका सहयोगी कर्मचारीहरु बुद्धिबहादुर तामाङ, प्रेमबहादुर भुजेल र मंगल श्रेष्ठलाई सम्मान सहित ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको पूर्वविद्यार्थी सुनिल श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा विद्यालयमा लामो समयदेखि अध्यापन  गराउदै आएका शिक्षक शिक्षिकाहरु, विद्यालयका पूर्व सञ्चालक समितिका अध्यक्षहरु, विद्यालयका सहयोगी कर्मचारीहरु, कक्षागत रुपमा उत्कृष्ट भएका विद्यार्थीहरु र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।

नुवाकोट, रसुवा र धादिङको सबैभन्दा पुरानो विद्यालय त्रिभुवन त्रिशुली माविमा हाल ५६२ जना छात्र र ५७४ जना छात्रा गरी ११ सय ३६ जना विद्यार्थी अध्यन्रत रहेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top