२०८१, १७ बैशाख सोमबार

नुवाकोटमा तेस्रो बृहत जीवित कुमारी पुजा फागुन १७ गते हुँदै

    फाल्गुन १५ २०७६ १०:५९

dinesha dangol nuwakot kumari
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोटमा रहेको जिवित देवी कुमारीको उचित संरक्षण र सम्बर्द्धनको लागि यहि फागुन १७ गते तेस्रो बृहत जीवित कुमारी पुजा हुने भएको छ । समुहले गत माघ ११ गते उपत्यकाको ८ जिवित देवि कुमारीहरुको पुजा सम्पन्न गरि सकेको छ ।

ह्युमत महिला समुह काठमाडौंले नेपालले देशभरका स्थानमा विराजमान रहेको जिवित देवि कुमारीहरुको अवस्थाको बारेमा राज्यलाई जानकारी गराई उचित संरक्षण र सम्बर्द्धनको लागी पहल गरिरहेको छ ।

शनिबार नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपस्थितिमा भैरवीदेवी मन्दिरको प्राङ्गणमा पुजा गर्ने कार्यक्रम रहेको छ ।

समुहले २०७० सालमा पहिलोपटक पूजा गरेको थियो । त्यसै गरी २०७३ सालमा दोश्रोपटक पुजा गरेको थियो । यस वर्ष २०७६ मा तेश्रोपटक बृहत कुमारी पुजा गर्ने कार्यक्रम रहेका ह्युमत महिला समुह काठमाडौंका अध्यक्ष मचानानी महर्जनले जानकारी दिए ।

नेपालमा नुवाकोट कुमारी सहित बसन्तपुर, मखन, किलाघल, तोखा, साँखु, भक्तपुर, साँखु, पनौती, बुंगमती, ललितपुर र आजिवन कुमारीलाई जिवित देवि कुमारीहरुको रुपमा पुँजिदै आएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top