२०८१, १७ बैशाख सोमबार

श्रीराम मन्दिरमा प्राण प्रतिष्ठा महोत्सव हुने

    फाल्गुन १२ २०७६ १९:३०

ram mandir trishuli nuwakot dabalikhabar
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर –  विदुर नगरपालिका वडा नम्बर १ त्रिशूलीमा रहेको राम मन्दिरमा प्राण प्रतिष्ठा महोत्सव हुने भएको छ । महोत्सव यहि फाल्गुण १८ गतेदेखि २२ गतेसम्म पाँच दिन चल्नेछ ।

विनाशकारी महाभूकम्पले भत्काएको मन्दिरको पुनर्निर्माणपछि मन्दिरको मूर्तिमा प्राण प्रतिष्ठा गरिन लागेको राम मन्दिर संरक्षण समितिका अध्यक्ष धनबहादुर श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा श्री १००८ कविराज देवजाचार्य स्वामीको प्रमुख आचार्यकत्व रहने छ ।

महोत्सवको पहिलो दिन फाल्गुण १८ गतेको दिन कलश यात्रामा ईच्छुक भक्तजनहरुलाई यात्रामा सहभागी हुन यहि १७ भित्रमा मिलन श्रेष्ठ ९८१८३०५५४४ मा सम्पर्क गर्न समितिले अनुरोध गरेको छ ।

समितिका अनुसार महोत्सवको १८ गते आइतबार शोभा कलश यात्रा, मृत्तिकाहरण, पालिकास्थापन, अन्कुररोपण, रक्षाबन्धन, वास्तुहोम हुने छ भने १९ गते सोमबारको दिन मण्डप पूजन, जलाधिवास, धान्यधिवास, शय्याधिवास लगायतका कार्यक्रम रहेको छ । त्यसै गरी २२ गते बिहिबारको दिन नेत्रोंमिलन, रथयात्रा, प्राण प्रतिष्ठा एवं पुर्नाहुती विसर्जन गरिने कार्यकम रहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top