sujim advert

भ्रमण बर्ष २०२०: फिकुरी ट्रेकिङको अवलोकन भ्रमण सुरु

    फाल्गुन ११, २०७६

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

rasuwa nuwakot visti 2020 survey team
bidur tax consultancy services in nuwakot

विदुर – नेपाल भ्रमण बर्ष २०२० तथा आन्तरीक पर्यटनलाई प्रबर्द्धन गर्ने उदेश्यले ५ दिने अध्ययन अवलोकन भ्रमण सुरु भएको छ ।

नेपाल पर्यटन बोर्डको प्रर्वद्धनमा रसुवा नुवाकोट पर्यटन समाजको आयोजनामा फागुन ११ गतेदेखि १५ गतेसम्म पाँच दिने भ्रमण हुन लागेको हो । नुवाकोट र रसुवामा पर्यटन भित्राउनका लागि पर्यटन व्यवसायी, पत्रकार तथा सरोकारवालाको समूहले सहभागिता जनाएका छन् ।

नुवाकोट जिल्लाको ऐतिहासिक साततले दरबार क्षेत्र, नवनिर्मित दरवार एडभेन्चर जीपलाइन, ऐतिहासिक सूर्यगढी हुँदै तामाङ जातिहरूको जीवित संग्रालय किस्पाङ गाउँ र प्रकृतिको सुन्दर अवलोकनका लागि प्रसिद्ध फिकुरी डाँडासम्मको अवलोकन समुहले गर्ने रसुवा नुवाकोट पर्यटन समाजका महासचिव शिव अधिकारी अबिरलले जानकारी दिए ।

त्यसैगरी रसुवाको घलेगढी तथा डाँडागाउँस्थित आकर्षक भांगेखोला हुँदै झरेको पातले झरना र बेत्रावतीमा रहेको पौराणिक महत्वको उत्तरगया क्षेत्रको अवलोकन गर्नेछ ।

अवलोकनमा सूर्यगढी, किस्पाङ, उत्तरगया, कालिका गाउँपालिका, टान, एनएमएको सहयोगमा भएको हो ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top