२०८१, १७ बैशाख सोमबार

चौथौं निर्वाचन दिवस मनाईयो

    फाल्गुन ७ २०७६ १७:२९

fourth election day 2076 nuwakot speech competition winner
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – १०४ वर्षको एकतन्त्रीय जहाँनियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औं प्रजातन्त्र दिवस नुवाकोट लगायत देशभर विविध कार्यक्रम गरी मनाइएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

जिल्ला समारोह समितिको आयोजनामा प्रजातन्त्र दिवसको अवसरमा प्रवचन कार्यक्रम गरि मनाईएको छ । कार्यक्रममा संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, उपप्रमुख अप्सरा थापा, विदुर नगरपालिकाका प्रमुख संजु पण्डित, उपप्रमुख गीताकुमारी दाहाल, नुवाकोट उद्योग वाणिज्य संघआ वरिष्ठ उपाध्यक्ष गीता अमात्य, राजनैतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि लगायतले प्रजातन्त्र दिवसको शुभकामना मन्तव्य राखेका छन् ।

वक्तृत्वकलामा कोईराला प्रथम

चौथौं निर्वाचन दिवसका अवसरमा जिल्ला निर्वाचन कार्यालय नुवाकोटले “निर्वाचन र लोकतन्त्र” विषय वक्तृत्वकला मंगलबार नीतिगत रुपमा सदरमुकाम भित्रका एक सामुदायिक विद्यालयमा अन्तर्गत पृथ्वी माध्यमिक विद्यालयमा आयोजना गरिएको निमित्त जिल्ला निर्वाचन अधिकारी केशव राज जोशीले जानकारी दिए ।

चौथौं निर्वाचन दिवस २०७६ तथा मतदाता दर्ता दिवस सप्ताह मनाउने अन्तर्गत आयोजना गरिएको प्रतियोगितामा एघार जना विद्यार्थीहरुले सहभागिता जनाएको थियो । प्रतियोगितामा स्वेता कोईरालाले प्रथम, सविना पाण्डे द्वितीय र लेनिन देवकोटा तृतीय भएका थिए ।

विजयीहरुलाई जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ र विदुर नगरपालिकाका प्रमुखले संयुक्त रुपमा क्रमश: २५ सय, २ हजार र १५ सय रुपैया नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका छन् ।

त्यस्तै, निर्वाचन कार्यालयकै आयोजनामा जिसस सभाहलमा “स्वच्छ, स्वतन्त्र, निपष्क्ष, विश्वसनीय र मितव्ययी निर्वाचनः शान्ति, स्थीरता, समृद्धि र सुशासन” मूल नारासहित निर्वाचनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम भएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top