२०८१, १४ बैशाख शुक्रबार

मानव बेचबिखनको स्वरूप बदलियो: शक्ति समुह

    फाल्गुन २ २०७६ १८:३०

shakti samuha nuwakot media interaction program
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – विभिन्न बहानामा बेचिएका नेपाली बालिका तथा महिलाहरूको उद्धार तथा पुनर्स्थापनामा काम गरिरहेको गैरसरकारी संस्था शक्ति समूहका तालिम संयोजक दिलिप कोईरालाले मानव बेचबिखनको स्वरूप बदलिइरहेको बताएका छन् ।

आज विदुरमा आयोजित सञ्चारकर्मीहरुसँगको समन्वय बैठकमा तालिम संयोजक कोईरालाले उक्त भनाई राखेका हुन् । भारतको कोठीबाट नुवाकोट जिल्लाका चालु आवमा ११ जनालाई  उद्धार गरिएको जानकारी दिए । जसमा उमेर १४  वर्षदेखि १८ वर्षका बालिकाहरु बढी रहेका छन् । शक्ति समूहका अनुसार ती बालिकाहरुलाई पशुलाई खुवाउने औषधि सेवन गराई शारीरिक बनावटमा विकास गरि देह व्यापारमा लगाएको पछि स्वास्थ्य परीक्षणबाट थाहा भएको जनाएको छ ।

बेचबखिन प्रभावित महिलाहरुको संस्था शक्ति समूहले विभिन्न जिल्लामा चलाएका कार्यक्रम र उद्दारका घटनाले सामाजिक सञ्जालका कारण किशोरी र महिलाहरु जोखिममा परेको र मानव बेचबिखनको नयाँ स्वरुपमा बढेको छ। आफ्ना बालबालिकाहरुको खुशीको लागि किनी दिएको मोबाईलमा पनि अभिभावकले पूर्ण रुपमा निगरानीमा राख्नुपर्ने जनाएको छ ।

नुवाकोटका दुप्चेश्वर गाउँपालिकाका सातै वटा वडाहरुमा आधुनिक दासता र गरिबी विरुद्ध सामुदायिक नेतृत्व कार्यकम भइरहेको जानकारी जिल्ला संयोजक सम्झना प्रसाईंले जानकारी दिईन् । त्यस्तै, तादी गाउँपालिकाका २, पञ्चकन्याका ४ र शिवपुरीको १ वडामा पनि कार्यक्रम सञ्चालन हुने बताईन् ।

कार्यक्रममा सहभागि सबैले जिल्लाका सबै विद्यालयहरुमा नियमित रुपमा बालबालिकाहरु विद्यालय जाने वातावरण सिर्जना गर्न सके बालबालिकाहरु बेचबिखन पर्ने जोखिममा न्यूनीकरण हुने बताएका छन् ।

शक्ति समूह बेचबिखन प्रभावित महिलाहरुलेनै स्थापना गरेको विश्वकै पहिलो संस्था हो ।

सुनिता दनुवार र चरिमाया तामाङलगायतका प्रभावित महिलाको अगुवाईमा २१ वर्षअघि स्थापित यो संस्थाले बेचबिखनविरुद्धको अभियानमा अन्तर्राष्ट्रिय पुरस्कारहरु पाएको छ । शक्ति चरिमाया र सुनीता दुवैजनाले अमेरिकी सरकारको टिप हिरो अवार्ड पाइसकेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top