विदुर – बिहिबारदेखि सुरु भएको छैठौ नुवाकोट महोत्सवमा जिल्लाका १२ वटै पालिकाको पहिचान झल्काउने कृषि उपजका उत्पादन, कला, संस्कृती प्रदर्शनमा राखिएको छ ।
स्टल नम्बर १२ मा राखिएको लिखु गाउँपालिकाका तुलबहादुर बिकले बनाएको खुकुरीको रु १ लाख रहेको छ ।
दश किलो तौल भएको खुकुरीको लम्बाई करिब ३.९२ फिट रहेको छ । खुकुरी महोत्सवको विशेष आकर्षणको रुप रहेको छ । नुवाकोटकै अहिलसम्मकै ठुलो खुकुरी भएको तुलबहादुर दावी गर्छन् । खुकुरी बनाउन तीन दिन लागेको बताए । आरन व्यवसायलाई छोराले पनि साथ दिएकोमा खुशी छन् ६२ वर्षीय तुलबहादुर ।
खुकुरीमा नुवाकोट लिखु गाउँपालिका-२ लेखिएको छ ।
तुलबहादुर पेशाले आरन प्रशिक्षक समेत हुन् । उनले नुवाकोट लगायत अन्य जिल्लामा समेत तालिम दिईसकेका छन् ।
आरन उत्पादित सामग्रीहरुको स्थानीय बजारको रहेको बताउँछन । तर आरनलाई आवश्यक कोईलाको भने कमि रहेकाले पुस्तान्तरमा पनि कमि भएको बताए ।
गत जेष्ठमा भृकुटीमण्डपमा ३० औं राष्ट्रिय लघु, घरेलु, तथा साना औद्योगिक प्रदर्शनी २०७६ मा मन बहादुर शिर्पालीले आफैंले बनाएको विश्वकै ठूलो खुकुरी प्रर्दशनीमा राखेको थियो। जसको तौल ४२ केजी रहेको छ भने मूल्य १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको थियो । शिर्पालीले ११ दिन लगाएर बनाएको ८ फिट लामो खुकुरीमा ३० केजी फलाम र १२ केजीको दाप प्रयोग गरिएको छ ।
प्रतिक्रिया