२०८१, २२ बैशाख शनिबार

आजबाट छैठौं नुवाकोट महोत्सव शुरु (फोटोफिचर)

    माघ १६ २०७६ १९:११

6th nuwakot mahotsav 2076 inauguration honarable chief guest ex president ramvaran yadav
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट, विदुर नगरपालिका वडा नम्बर ४, बट्टार बसपार्कमा आजबाट छैठौं नुवाकोट महोत्सव शुरु भएको छ ।

नुवाकोट उद्योग वाणिज्य संघको आयोजनमा भएको महोत्सवको पूर्व राष्ट्रपति डा. रामवरण यादवले पानसमा बत्ति बालेर र केक काटेर उद्घाटन गरेका हुन् । कार्यक्रममा यादवले महोत्सवको अवसरमा तयार गरिएको स्मारिका बिमोचन गरे । त्यस्तै, पूर्वराष्ट्रपति यादवले नेपाल साल्ट ट्रेडिङ कर्पोरेशनको स्टलको समेत उद्घाटन गरे ।

संघका अध्यक्ष ताराबहादुर कार्कीले स्थानिय कला, संस्कृति र भाषाको प्रचारप्रसार र प्रर्वद्धन गर्न महोत्सव आयोजना गरिएको बताए ।

ncci nuwakot chairman tara bahadur karki

महोत्सवमा गोरखाबाट पृथ्वीनारायण शाहको भेषभूषा पहिरिएर ६२ वर्षीय ओमबहादुर श्रेष्ठ नुवाकोट आएका छन् । ओमबहादुर कार्यक्रमको मुख्य आकर्षण नै बने ।

prithvi narayan avatar

यसघि बट्टारको पुरानो बजारदेखि महोत्सवस्थलसम्म भएको र्‍यालीमा नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चण्डीराज ढकाल, उपाध्यक्ष उमेशलाल श्रेष्ठ, कलाकार आकाश अधिकारी लगायत संघका पदाधिकारीहरु सहभागी रहेका थिए । र्‍यालीमा लाखे, भजनबालन, हात्ती नाँच लगायतका झाँकीहरु प्रदर्शन गरेका थिए ।

people are standing for national anthem

shiva parvati avatar

नुवाकोटका १२ स्थानीयतहका कृषि उपजका उत्पादनहरु पनि स्टलमा प्रदर्शनी तथा बिक्रि वितरणका लागि राखिएको छ ।

महोत्सवमा जिल्लामा पहिलोपटक खाजाको लागि “टेकवे सर्भिस” को भ्यान समेत रहेको छ ।

नारायणी बेकरीले महोत्सवमा आउने अवलोकनकर्ताको इन्टरनेट सुविधाको लागि हटस्पट समेत सञ्चालन गरिएको प्रबन्ध निर्देशक सुशन अधिकारीले जानकारी दिए । साथै, बेकरीको उद्योग क्षेत्र वरपर फ्री इन्टरनेट सुविधाको लागि हटस्पट संचालनको लागि तयारीमा रहेको बताए । त्यस्तै, नुवाकोटको बट्टारमा छिट्टै नै अत्याधुनिक बेकरीको साथै पोस अर्डर प्रविधिद्वारा बेकरी तथा कफी अर्डर गर्न सकिने जानकारी दिए ।

महोत्सवमा जिल्लामै उत्पादित हस्तकलाका उपहारहरु, क्यान्डी चकलेट, पाउँ, पस्मिना लगायतका सामग्री समेत रहेका छन् ।

महोत्सवबाट करिब तीन करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य राखेको छ । महोत्सव माघ २६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top