+
Search

ताजा अपडेट +

पपुलर +

आजबाट छैठौँ नुवाकोट महोत्सव, पूर्वराष्ट्रपतिले उद्घाटन गर्ने

6th nuwakot mahotsav 2076 trishuli bidur
डबली खबर
६ साल अगाडी

विदुर, नुवाकोट – ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्बर्द्धन, दिगो आर्थिक विकासको लागि व्यवसायिक प्रवर्द्धन’ भन्ने नाराको साथ आजबाट छैठौँ नुवाकोट महोत्सवको उद्घाटन पूर्वराष्ट्रपति डा. रामवरण यादवले गर्ने भएको छ । महोत्सव माघ १६ देखि २६ गतेसम्म संचालन हुनेछ ।

आयोजक नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक ताराबहादुर कार्कीले नेपाल भ्रमण वर्ष २०२० लाई केन्द्रित गरी सञ्चालन हुन लागेको महोत्सवले नुवाकोटमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्राउनको लागि विशेष योगदान पुग्ने अध्यक्ष कार्कीले बताए ।

महोत्सवमा पर्यटन, उद्योग, कृषि, सामाजिक तथा साँस्कृतिक, लोपोन्मुख भाषा, संस्कृति भेषभुषा, संस्थागत संरक्षण र व्यवसायिक सुरक्षालाई विशेष महत्वको साथ प्रस्तुत गरिनेछ ।

महोत्सवमा नुवाकोटका विभिन्न समुदायले प्रयोग गर्ने भेषभूषा, भाषा, धर्म, संस्कृति, खाना, पहिरन, लवज, पर्व तथा चाड लगायतलाई समेत प्रस्तुत रहनेछ ।

महोत्सवमा झाँकी सांस्कृतिक प्रदर्शनी, जिल्लास्तरीय नृत्य प्रतियोगिता, लोपोन्मुख बालन भजन तथा पञ्चे बाजा प्रतियोगिता राखिएको छ ।

कृषि तथा लघु उद्यम सामग्रीको बिक्रि, अटोमोबाइल प्रदर्शनी तथा बिक्री, निःशुल्क स्वास्थ्य शिविर, धार्मिक संस्कृतिक पहिचान तथा अवलोकन, लोकदोहोरी प्रस्तुति, लोपोन्मुख सांस्कृतिक प्रदर्शनीको साथै नेपालको चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुतीहरु रहने छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ