२०८०, २४ जेष्ठ बुधबार

शिवपुरीमा ४ हल गोरु जुधाईयो

    माघ १ २०७६ २२:१९

ox fight shivapur sherabagar nuwakot
Diyo Pathshala Montessori

हरि भेटुवाल – शेराबगर विकास समाजको आयोजनामा शिवपुरी गाउँपालिकाको शेराबगरमा  ४ हल गोरु मात्र जुधाईयो ।

गोरु जुधाईमा मोहन थापा र राहुल तामाङको ग‍‍ोरुहरुले करिब २ घण्टा २३ मिनेट अधिक लामोसमयसम्म जुधेर मेलामा रौनकता दिएको थियो ।

मोहन थापाको गोरु प्रथम, राहुल तामाङको द्वितीय र प्रेमबहादुर तामाङको तेस्रो भएको समाजका अध्यक्ष अभियान आचार्यले जानकारी दिए ।  गुणबहादुर भण्डारीको गोरुले सान्त्वना प्राप्त गरेका थिए । सहभागी सबैले नगद पुरस्कार पाए । प्रथमले १५ हजार ५०, द्वितीयले १० हजार ५० र तेस्रोले ५ हजार ५० प्राप्त गरेका छन् भने सान्त्वनाले ३ हजार प्राप्त गरेको छ ।

गोरु जुधाई कार्यक्रममा शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले नुवाकोटको गोरु जुधाई जिल्लाकै पहिचान भएकोले यसले पर्यटन विकास र नेपाल भ्रमण वर्ष सफल पार्न टेवा पुग्ने बताए ।

गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसीले गोरु जुधाई परम्परागत रुपमा जिल्लाको एक ठाउँमा मात्र हुँदै आएकोमा अहिले विभिन्न स्थानमा फैलिएको हुनाले गोरु जुधाईको महत्त्व बढ्दै गएको बताईन् ।

कार्यक्रमको लागि नेकपा पार्टी शिवपुरी कमिटीका नेता उज्वल खड्काले रु२० हजार सहयोग गरेका थिए । त्यस्तै, विभिन्न संघ/ संस्था, समाजसेवी लगायतले पनि सहयोग गरेको थिए।

कार्यक्रममा मिलन श्रेष्ठ, रितु खतिवडा लगायतका कलाकारले गीत गाएर मन‍ोरञ्जन दिएका थिए ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top