२०८१, १४ बैशाख शुक्रबार

सारथी सहकारीको सातौँ साधारणसभाबाट छ सम्मानित

    पुष २६ २०७६ २१:१४

guest 7th agm saarathi saving and credit cooperative limited nuwakot sahakari
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – सारथी बचत तथा ऋण सहकारी संस्थाको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाको उद्घाटन प्रमुख अतिथी विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले गरे।

प्रमुख पण्डितले सहकारीले साना पुँजी सङ्कलन गरि उद्यमी, व्यवसायिक रुपमा लगानी गर्नको लागि महत्वपूर्ण भूमिका खेल्ने हुनाले सहयोगीको भूमिका निर्वाह गरेकोले बताए । सहकारीको माध्यमबाट पनि आर्थिक समृद्धिमा फड्को मार्न सफल रहेकोले सहकारी आजको आवश्यकता रहेको भनाई राखे। सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुनाले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोवार गर्नु पर्ने बताए। उनले सहकारीहरुले अब ठूलो परिणामको नतिजा दिनका लागि मर्जरमा जानुपर्ने आवश्यकता रहेको पनि विचार व्यक्त गरे। सहकारीले सामाजिक सेवा लगायत शिक्षा, पर्यटन क्षेत्र अन्तर्गत होटल र साहसिक खेल जीपलाईनमा समेत सारथी ग्रुपका युवाहरु लागि परेको हुनाले अन्य सहकारीहरुले सिकाईको रुपमा मार्ग दर्शन गरेको बताए।

संस्थाका अध्यक्ष गोकर्ण रोक्काले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए। अध्यक्ष रोक्काले सहकारीको सेवालाई चुस्त राख्न प्रविधिमैत्री बनाई जिल्लामा पहिलोपटक एटिएम सेवा प्रणालीलाई संचालनमा ल्याउन प्रक्रिया अघि बढाईएको जानकारी दिए ।

विदुर नपाका उपप्रमुख गीताकुमारी दाहालले नगरको जनसंख्याभन्दा बढी सहकारीको सेयर सदस्यहरु रहेकोले पालिकाले नियमन गरि एकिकरण प्रक्रियामा ल्याई ठुला सहकारीको रुपमा स्थापना गर्न क्रमबद्ध प्रक्रिया अघाडी बढाईने बताए ।

जिल्ला सहकारी संघका अध्यक्ष राजेश श्रेष्ठले सहकारीमैत्री नभएका एनलाई संशोधन गरिनुपर्ने धारणा व्यक्त गरे । उनले जिल्लास्थित सहकारीहरुको पारदर्शिता कायम राख्न प्रविधी मार्फत सहकारीहरुको कार्यविधि र कार्यक्रमहरुलाई अनलाईनमा राखिने जानकारी गराए । उनले सहकारी सदस्यहरुको सम्पत्ति शुद्दिकरण गर्ने प्रक्रिया गत सातादेखि नै सुरु गरिसकेको जानकारी दिए ।

नगर समन्वय समितिका अध्यक्ष नविन्द्रमान प्रधानले ऋण नतिर्ने ऋणीहरुको संख्या बढ्दै गईरहेको हुनाले कडाईका साथ ऋण प्रवाह गरिनुपर्नेमा जोड दिए । उनले नगरमा संचालनमा रहेका सम्पूर्ण सहकारीलाई समितिमा आवद्ध हुन आव्हान गरे ।

सहकारी संस्थापक अध्यक्ष तथा व्यवस्थापक सुदिप श्रेष्ठले आफ्ना सदस्यहरुलाई प्रविधिमैत्री छिटो, छरितो र प्रभाकारी सेवा प्रदान गर्ने उद्देश्यले ई-बैंकिंङ र एसएमएस बैंकिंङ सेवालाई तदारुकताका साथ प्रक्रिया अघि बढाईएको जानकारी दिए ।

सहकारीमा २३६ महिला र ३७६ पुरुष गरी ६१२ सेयर सदस्य रहेका छन् । सहकारीको कुल चुक्ता सेयर पुँजी १ करोड ५४ लाख ८२ हजार ९०० रहेको सहकारीका कोषाध्यक्ष राजकुमार नगरकोटीले जानकारी दिए । गत आवमा व्यवसायिक र घर कर्जामा लगानी प्रमुख रहेको छ।

छ सम्मानित

सहकारीले साधारणसभाको अवसरमा नेपाली साहित्यमा योगदान पुर्याएकोमा नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठलाई “सारथी वाङगमय सम्मान-२०७६” बाट सम्मान गरेको छ ।

समारोहमा सेयर सदस्यहरुलाई निरोज खड्गी, सबिन श्रेष्ठ, शान्ती गुरुङ, चन्द्र लाल तामाङ र रबिन्द्र नेपाली लगायतलाई सम्मान गरेका छन्। खड्गीलाई नुवाकोट उद्योग वाणिज्य संघको सदस्य र श्रेष्ठलाई ३ नं. प्रदेश होटल तथा पर्यटन व्यवसायी महासंघको लेखा समितिको सदस्यमा निर्वाचित भएकोमा सम्मान गरेको हो । त्यस्तै, नुवाकोटमा साहसिक खेल जीपलाईन संचालन गरी पर्यटन क्षेत्रमा योगदान पुर्याएकोमा सम्मानग गरेको हो । शेरा खानेपानी उपभोक्ताको अध्यक्षमा तामाङ र सचिव पदमा नेपाली निर्वाचित भएकोमा सम्मान गरेको हो ।

सारथी ग्रुपद्वारा संचालित ज्ञानकुन्ज मन्टेश्वरी विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top