२०८१, २१ बैशाख शुक्रबार

राष्ट्रिय दलित पत्रकार संघ नुवाकोटको अध्यक्षमा भड्ताल

    पुष २२ २०७६ १७:१८

dalit patrakar nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – राष्ट्रिय दलित पत्रकार संघ प्रदेश नं.३ जिल्ला शाखा नुवाकोटको अध्यक्षमा सङ्गम भड्ताल सर्वसम्मत चयन भएका छन् । “लोकतन्त्रको मूल आधार, समान सहभागिता र विभेद मुक्त समाज, अभिव्यक्ति स्वतन्त्र र मर्या्दित पत्रकारिता हाम्रो आवाज“ भन्ने मूल नाराका साथ  भड्तालको संयोजकत्वमा ९ सदस्यीय कार्यसमिति चयन भएको हो ।

नुवाकोटमा क्रियाशिल दलित पत्रकारहरुको विदुर आयोजित प्रथम जिल्ला भेलाले भड्ताललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । टेलिभिजन माध्यममा अनुभव बटुलेका भड्ताल झण्डै एक दशकदेखि पत्रकारिता क्षेत्रमा कृयाशिल हुनुहुन्छ ।

संघका नवअध्यक्ष भड्तालले पत्रकारितामा क्रियाशील साथीहरुको क्षमता अभिबृद्धि गर्दै मुलधारको सञ्चार क्षेत्रमा दलित समुदायका पत्रकारहरुको उपस्थित बलियो बनाउन पनि संघको गठन भएको बताउनुभयो ।

संघको नयाँ कार्यसमितिमा गोपाल मिजार उपाध्यक्ष, राजकुमार नेपाली सचिव, झरना नेपाली सहसचिव, कमला मगराती कोषाध्यक्ष रहेका छन्। त्यस्तै, सदस्यहरुमा प्रमिला सुनार, पार्वती विश्वकर्मा, बिन्दा मिजार र मनिष परियार रहेका छन् ।

नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले दलित समुदायको मुल प्रवाहिकरणमा पत्रकारिता क्षेत्रमा पनि दलित समुदायको उपस्थिती राम्रो बन्दै गएको बताउनुभयो । जिल्लामा क्रियाशील दलित पत्रकारले समुदायको प्रतिनिधित्व गर्दै तथ्यसत्य समाचार बाहिर ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो । अध्यक्ष खनालले जिल्लामा रहेका सबै पत्रकार संघहरुसँग सहकार्य गरिने प्रतिबद्धता जनाउनु भएको छ ।

नव गठित समितिलाई ३ नम्बर प्रदेश राष्ट्रिय दलित पत्रकार संघका सचिव केन्द्रीय सचिव  बसन्त परियारले दलित समुदायका सवालहरुलाई सञ्चार माध्यमबाट सशक्त रुपले उठाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा फोनिज नुवाकोटका सचिव गमला लामा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका उपाध्यक्ष रुपा अर्याल, केन्द्रिय पार्षद् ध्रुवकुमार रावल, नेपाल जनजाति महासंघ नुवाकोटका अध्यक्ष भगवान रानामगर र नेपाल प्रेस युनियन नुवाकोटका शिव देवकोटा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top