+
Search

ताजा अपडेट +

पपुलर +

बिषादी सेवनबाट ६० वर्षीय वृद्धाको मृत्यु

डबली खबर
६ साल अगाडी

तादी – नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ६ नर्जामण्डपका एक वृद्धाको विषादी सेवनबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय जगतबहादुर तामाङका ६० वर्षीया श्रीमती ठुलीमाया तामाङ रहेको प्रहरीले जनाएको छ ।

मृतकले आफ्नै घरमा रहेको ‘मेटासी’ नामक बिषादी सेवन गरेर असक्त भएको अवस्थामा परिवारले फेला पारेको थियो ।

विष सेवन पश्चात् अचेत अवस्थामा रहेका तामाङलाई उपचारको लागि नर्जामण्डपको मेडिकल लैजाँदै गर्दा बाटो मै निजको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ