२०८१, ३ बैशाख सोमबार

आन्दोलन लगत्तै कुखुराको मासु र अण्डाको मूल्यवृद्धि

    पुष ११ २०७६ १५:१०

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं । नेपाल ह्याचरी उद्योग संघले गत साता कुखुराको मासु र चल्लाको मूल्यमा आएको गिरावटको कारण देखाउंदै देशभर चल्ला उत्पादन ठप्प पार्यो । कार्यक्रमलाई १० दिने अभियान नै बनाए, जसमा कुखुराका चल्ला र अण्डा नष्ट गर्ने अभियान चलायो । अभियान सकिएलगत्तै कुखुरा व्यवसायी र अण्डा उत्पादकहरुले मंगलबारदेखि आफ्नो उत्पादनको मूल्य बढाएका छन् ।

नेपाल अण्डा उत्पादक संघले कुखुराको ठूलो अण्डाको मूल्यको प्रतिक्रेट २९० रुपैयाँ तोकेको हो । यसअघि ठूलो अण्डाको प्रतिक्रेट मूल्य २७५ रुपैयाँ थियो । यस्तै मध्यम खाले अण्डाको मूल्य २५५ रुपैयाँबाट २० रुपैयाँले बढाएर २७५ रुपैयाँ पुर्‍याईएको छ ।

संघका अध्यक्ष शिवराम केसीले चिसोले उत्पादन घटेको र किसानले उचित मूल्य नपाएकाले मूल्य बढाउनु परेको बताउनुभयो । लागत मूल्य नै नउठेपछि नियमित प्रक्रिया अनुसार नै मूल्य बढाएको उहाँको भनाइ छ ।

अण्डाको मूल्य बढाइएको भोलिपल्टै राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको बैठकले मासुको मूल्य बढाउने निर्णय लियो । एक साताको अवधिमा मासुमा दोस्रोपटक मूल्यवृद्धि गरिएको हो ।

एक साताअघि संघले प्रतिकिलो २५० रुपैयाँ रहेको ब्रोइलर कुखुराको मूल्य प्रतिकिलो २० रुपैयाँ बढाएर संघले २७० रुपैयाँ तोकेको थियो । बुधबार संघले पुनः प्रतिकिलो १५ रुपैयाँ बढाएर मासुको मूल्य प्रतिकिलो २८५ रुपैयाँ तोकेको सघका अध्यक्ष जंगबहादुर बिसीलेजानकारी दिनुभयो ।

अध्यक्ष बिसीका अनुसार संघले तोकेको मूल्यमा १० रुपैयाँ थपिएर उपभोक्तासम्म पुग्छ । काठमाडौंमा बुधबार देखि कुखुराको मासुको उपभोक्ता मूल्य २९५ रुपैयाँ देखि तीन सय रुपैयाँसम्म पुगेको छ ।

हृयाचरी उद्योगीले मंसिर २८ देखि पुस ६ गतेसम्म ४० लाख चल्ला उत्पादन हुने ६० लाख निशेचित अण्डा नष्ट गरेका थिए । तर व्यवसायीहरुको संगठनले मूल्यबृद्धिलाई संयोग मात्रै भएको दाबी गरेको छ ।

अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले अण्डाको मूल्य बृद्धि र हृयाचरीको आन्दोलन एक अर्कासंग सम्बन्धित विषय नभएको दाबी गर्नुभयो । ‘हामी व्यवसायीले मूल्य बढाएका हौँ, यसले उपभोक्ताई मार पर्दैन,’ केसीले भन्नुभयो । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले पनि हृयाचरीको आन्दोलन र मासुको मूल्यबृद्धि संयोग मात्रै भएको दाबी गरेको छ । ‘स्याल कराउनु र कुखुरा हराउनु जस्तै भयो, हृयाचरी आन्दोलनले मूल्य बढेको होईन,’ संघका अध्यक्ष जंगबहादुर बिसीले दाबी गर्नुभयो ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top