२०८१, १३ बैशाख बिहीबार

२६ जनाले लिए व्यवसायिक योजना निर्माण तालिम

    पुष ९ २०७६ १७:००

purnima ukaid mott nuwakot chamber of commerce industry
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोट उद्योग वाणिज्य संघको पुर्णिमा परियोजना कार्यक्रम अन्तर्गत व्यवसायिक योजना निर्माण तालिम सम्पन्न भएको छ । तालिममा नेपालमा भूकम्प पश्चातको पुनर्लाभका लागि संयुक्त अधिराज्यको सहयोग रहेको छ ।

पौष ६ गतेबाट सुरु भएको ४ दिने तालिममा नुवाकोटका विदुर नगरपालिका, बेलकोटगढि नपा, तादि, ककनी, तारकेश्वर र रसुवाको उत्तरगया गाउँपालिकाका विभिन्न व्यवसाय क्षेत्रका २६ जनाले सहभागिता जनाएको कार्यक्रम संयाेजक बिष्णु प्याकुरेलले जानकारी दिनुभयाे ।

तालिमबाट व्यवसायीको व्यवसायको निश्चित योजना निर्माण गर्न, बजार/बित्तिय तथा आवश्यक योजना निर्माण गर्न टेवा पुर्याउने संघले जनाएको छ ।

तालिममा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका अमिर लामाले सहजिकरण गर्नुभएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top